onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आजबाट आईपीएल सुरु हुँदै : उद्घाटन खेलमा मुम्बईले चेन्नईको सामना गर्ने

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) आजबाट सुरु हुँदैछ । जसअन्तर्गत उद्घाटन खेलमा साविकको विजेता मुम्बई इन्डियन्स र उप – विजेता चेन्नई सुपर किंग्स आमने सामने हुनेछन् ।

अघिल्लो संस्करणमा मुम्बईले चेन्नईलाई फाइनल खेलमा २ रनले पराजित गर्दै उपाधि उचालेको थियो । कोरोना भाइरस (कोभिड-१९ ) का कारण भारतमा आयोजना गर्न असम्भव देखिएपछि यसपटकको आईपीएल युएईमा हुन् गईरहेको छ ।

यसअघि पनि सन् २०१४ मा भारतमा आम निर्वाचनका कारण युएईमा केही खेलहरु भएका थिए । योसँगै आईपीएल तेस्रोपटक विदेशी भूमिमा आयोजना हुन् पुगेको छ । निर्वाचनकै कारण सन् २००९ मा पनि आईपीएल दक्षिण अफ्रिकामा भएको थियो ।

कोरोनाको कारण लामो कसरतपछि अन्यौलताका बीच अन्ततः आईपीएल सुरु हुन् गईरहेको छ । खासगरि भाइरसका कारण रंगशालामा समर्थकहरुको उपस्थिति हुने छैन । खेलाडीहरु खाली मैदानमा खेल्नेछन् ।

विशेषत:कोरोनाको सुरक्षात्मक साबधानी पनि ब्यापक रुपमा लागु गरिएको छ । आईपीएलमा खेल्ने लगभग सबै खेलाडीहरु युएई पुगिसकेका छन् ।

यसरी अन्यौलका बीच हुन् गईरहेको आईपीएललाई लिएर सारा विश्व सदाझै प्रतीक्षामा रहेको थियो । जून प्रतीक्षाको घडी आज समाप्त हुँदैछ । विश्व क्रिकेटमा सबैभन्दा ठूलो र सफल फेन्चाइज लिगको रुपमा आईपीएल आउने गर्छ । अझ भन्ने हो भने क्रिकेट पारखिका लागि आईपीएल उत्सव बनेर आएको हुन्छ ।

यता यस संस्करणको आईपीएलका खेलहरु युएईका तीन सहरहरु दुबई , अबुधाबी र शारजाहमा हुनेछ । आज हुने चेन्नई र मुम्बईबीचको उद्घाटन खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि अबुधाबीस्थित शेख जायद रंगशालामा हुनेछ ।

आईपीएलको इतिहासमा यी दुई टोली सदैभ बलिया देखिदै आएका हुन्छन् । र प्रदर्शनका हिसाबले पनि सफल छन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई अहिले सम्म चारपटक च्याम्पियन बनिसकेको छ भने महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई तीनपटक च्याम्पियन बनेको छ ।

यसपटक पनि यी दुई टोलीलाई उपाधिको दाबेदार टिमको रुपमा हेरिएको छ । तसर्थ पहिलो खेलबाटै सुखद सुरुवात गर्ने सोचका साथ आज दुबै टोली मैदानमा उत्रिने छन् ।

नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले भने आईतबार किंग्स इलाभेन पंजाबविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।