क्रिकेट खेलाडी संघद्वारा ललितलाई सहयोग गर्न अपिल
काठमाडौं (अनलाइन खेल खबर ) । सडक दुर्घटनामा परि घाइते भएका नेपाली राष्ट्रिय टोलीका सदस्य ललित भण्डारीको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले सहयोगको लागि अपिल गरेको छ ।
संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति स्तब्ध जनाउँदै ललितलाई सहयोग गर्न अपिल गरेको हो ।
आईतबार राति धनगढीबाट महेन्द्रनगर जादै गरेको ट्रकले ठक्कर दिएपछि ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो । घटनापछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा पुर्याईएको थियो। त्यसपछि त्यहाँको चिकित्सकको सल्लाह अनुसार उनलाई कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा थप उपचारका लागि पुर्याएकी थियो ।
कोहलपुरपछि सोमबार उंनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको छ र अहिले उनको उपचार ग्राण्डी अस्पतालमा भईरहेको छ । अहिले भने उनि खतरा मुक्त रहेको चिकित्सकले बताएका छन् ।
सहयोगका लागि –