एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्ड विजयी

एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्ड विजयी

एजेन्सी । इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्ड २४ रनले विजयी भएको छ । यो सँगै सिरिज १-१ को बराबरी समेत भएको छ । पहिलो खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी भएको थियो ।

गएराति भएको खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको २ सय ३२ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ४८.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर २ सय ७ रनमा सिमित हुन् पुगेपछि नतिजा इंग्ल्यान्डले आफ्नो पक्षमा पार्न सफल भयो ।

मध्यम चुनौतीलाई पछ्याएको भएपनि अष्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान तथा कप्तान आरोन फिन्चले सर्वाधिक ठूलो पारी खेलेका थिए । १ सय ५ बलको सामना गरेका उनले ८ चौका र १ छक्कासहित ७३ रनको योगदान गरेका थिए ।

यस्तै अष्ट्रेलियाका मार्नस लाबुसेनले पनि ४८ रनको योगदान गर्दा विकेट किपर ब्याट्सम्यान एलेक्स क्यारीले ३६ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान पुर्याउन नसक्दा टिम पराजित हुन् पुग्यो ।

बलिङतर्फ इंग्ल्यान्डका क्रिस वोक्स, जोफ्रा आर्चर र साम बिलिंग्सले समान तीन –तीन विकेट हात पारेका थिए भने एक विकेट आदील राशिदले लिएका थिए ।

त्यसअघि म्यानचेस्टरमा भएको खेलमा टस जितेर घरेलु टोली इंग्ल्यान्डले सुरुमा ब्याटिङ गर्दै निर्धारित 50 ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ३१ रन बनाएको थियो ।

उसका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ४२ रन बनाएका थिए भने जो रूटले ३९ रन , टम कुरानले ३७ रन तथा आदील राशिदले अविजित रहदै ३५ रन बनाएका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका एडम जम्पाले ३ तथा मिशेल स्टार्कले २ विकेट हात पारेका थिए भने जोश हेजलवुड , मिशेल मार्श र प्याट कमिन्सले पनि १/१ विकेट लिएका थिए ।

अब सिरिजको अन्तिम तथा निर्णायक खेल बुधबार हुनेछ ।