onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आज सिपीएलको फाइनल खेल हुँदै

एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल) को फाइनल खेल आज हुँदैछ ।

नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुने फाइनल खेलमा किरोन पोलार्डको कप्तानीमा रहेको त्रिनबागो नाइट राइडर्सले डरेन सम्मीको कप्तानीमा रहेको सेन्ट लुसियाको सामना गर्दैछ ।

नाइट राइडर्सले नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध जमैका तल्लावाजलाई ९ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने नाइट राईडर्ससँग फाइनल भेट पक्का गरेको सेन्ट लुसियाले सेमिफाइनलमा गुयाना अमेजन वारियर्सलाई १० विकेटले पराजित गरेको थियो ।

यता यी दुईबीच लिग चरणमा भेट हुँदा खेरी पहिलो भेटमा सेन्ट लुसिया डिएल मेथड अनुसार ६ विकेटले र दोस्रो भेटमा २३ रनले पराजित भएको थियो । यसरी पनि प्रतियोगिता भरमा उच्च लयमा रहेको नाइट राईडर्स आज हुने उपाधि भिडन्तमा पनि हाबी हुने प्रबल सम्भावना रहेको छ ।

नाइट राईडर्सले अहिलेसम्म तीन पटक च्याम्पियन बनिसकेको छ । भने सेन्ट लुसिया पहिलोपटक फाइनल खेल्दैछ ।