आईपीएलको खेल तालिका सार्वजनिक

आईपीएलको खेल तालिका सार्वजनिक

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को खेल तालिका सार्वजनिक भएको छ ।

आईतबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसीसीआई ) ले जारी गरेको खेल तालिका अनुसार सेप्टेम्बर १९ तारिखमा हुने उद्घाटन खेलमा प्रतियोगिताको प्राबधान अनुरुपनै गत संस्करणको च्याम्पियन मुम्बई इन्डियन्स र उप – विजेता बनेको चेन्नई सुपर किंग्स भिड्नेछन् ।

यस्तै यस संस्करणको आईपीएल युएईका तीन शहरहरु दुबई , अबुधाबी र शारजाहमा हुँदैछ । जसअन्तर्गत उद्घाटन खेल अबुधाबीमा हुँनेछ । अहिले जारी गरिएको खेलतालिकामा प्ले अफ र फाइनलको भेन्यु भने तय गरिएको छैन ।

लिग चरणका खेलहरु मध्य २४ खेल दुबईमा हुनेछ । भने २० खेल आबुधावी र १२ खेल शारजाहमा हुनेछ । यता नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले भने सेप्टेम्बर २० तारिखमा किंग्स इलाभेन पंजाबविरुद्ध खेल्दै प्रतियोगितामा सुरुवात गर्नेछ ।

कोरोना भाइरस (कोभिड -१९ ) का कारण भारतमा प्रतियोगिता गर्न सम्भव नदेखिएपछि दोस्रोपटक आईपीएल युएईमा हुन् गईरहेको छ । यसअघि सन् २०१४ को संस्करण पनि भारतमा आम निर्वाचनका कारण केहि खेलहरु युएईमा भएका थिए ।
खेल तालिका