
दिल्लीको नयाँ जर्सी सार्वजनिक
एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्सले नयाँ सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।
यहीँ सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुन् गईरहेको १३ औं संस्करणको आईपीएलको मिति नजिकिदै गर्दा दिल्लीले नयाँ जर्सी सार्वजनिक गरेको छ।
दिल्लीले आफ्नो पुरानो ढाँचामा ठूलो परिवर्तन गरेको छ । यस संस्करणको आईपीएलमा दिल्लीले ब्यापक प्रायोजक पाएको हुँदा जर्सी प्रायोजकले भरिपूर्ण छ ।
भारतीय युवा खेलाडी श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्लीलाई यसपटक पनि उपाधिको दाबेदार टिमको रुपमा हेरिएको छ ।
अघिल्लो संस्करणमा पनि दिल्लीले राम्रो प्रदर्शन गर्दै प्ले अफ सम्मको यात्रा तय गरेको थियो । त्यस क्रममा दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित हुँदै दिल्ली फाइनल पुग्नबाट बन्चित भएको थियो ।
यता दिल्ली टोली आईपीएलका लागि युएई पुगि सकेको छ । केही दिन क्वारेन्टाइनमा बसिसकेपछि अहिले टोली तयारीका लागि मैदानमा पनि फर्कि सकेको छ ।