जमैकाको अर्को हार : सन्दीपको औसत प्रर्दशन
एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाज वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल ) को आफ्नो नवौं खेलमा पनि पराजित हुन् पुगेको छ ।
शनिबार राति भएको खेलमा जमैका पराजित हुने क्रममा जमैकामाथि बार्बाडोस ट्राईडेन्ट्सले ७ विकेटले जित आत्मसाथ गरेको थियो ।
खेलमा जमैकाले प्रस्तुत गरेको १ सय ६२ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको बार्बाडोसले उक्त चुनौतीलाई १८.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।
बार्बाडोसको जितमा कप्तान जेसन होल्डरले सानदार ब्याटिङ गरे । सन्दीप लामिछानेको बलमा एलबिड्ब्लुको सिकार हुनु अघि उनले ४२ बलको सामना गर्दै ९ चौका र ३ छ्क्काको मद्दतमा ७९ रनको योगदान गरे ।
यस्तै टिमका लागि जोनाथन कार्टरले ४२ रन बनाउँदा मिशेल सेंटनर ३५ रनमा अविजित रहे ।
बलिङतर्फ जमैकाका प्रेस्टन मैकस्वीन , ओशन थोमस र सन्दीप लामिछानेले समान एक -एक विकेट लिएका थिए । सन्दीपले आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गर्दै २६ रन खर्चिएर उक्त विकेट लिएका थिए ।
त्यसअघि ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर जमैकाले सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।
टिमले सम्मानजनक स्कोर खडा गर्ने क्रममा जमैकाका ओपनर ब्याट्सम्यान जर्मेन ब्लैकवुडले सर्वाधिक ठूलो पारी खेलेका थिए । ५९ बलको सामना गरेका उनले ५ चौका र ४ छ्क्कासहित ७४ रन बनाएका थिए ।
यस्तै टिमका लागि आन्द्रे रसेलले पनि ५४ रन बनाउँदा ग्लेन फिलिप्सले १७ रन बनाएका थिए ।
बलिङतर्फ बार्बाडोसका राशिद खान,जेसन होल्डर , हेडन वाल्श र जोशुआ बिशपले समान एक-एक विकेट लिएका थिए ।
यो हारसँगै जमैकाले चौथों स्थानमा रहदै लिग चरणको समापन गर्ने पक्का भएको छ । हालसम्म ९ खेल खेलेको जमैकाले अंकतालिकामा ७ अंक जोडेको छ । अब सेमिफाइनलमा जमैकाले अंकतालिकाको पहिलो स्थानमा रहेको त्रिनबागो नाइट राईडर्ससँग खेल्नेछ ।
यता जमैकामाथि जित हासिल गरेको बार्बाडोस भने प्रतियोगितामा बाहिरिसकेको छ ।डिफेन्डिङ च्याम्पियन समेत रहेको बार्बाडोसले यस संस्करणमा पाँचौ स्थानमा रहेर प्रतियोगितालाई समापन गरेको छ ।