आज राति जमैकाले बार्बाडोससँग भिड्दै : जमैकाको लक्ष्य तेस्रो स्थानमा उक्लिने
एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सिपीएल ) अन्तर्गत आफ्नो नवौं खेलमा बार्बाडोस ट्राईडेन्ट्ससँग आज राति खेल्दैछ ।
खेल नेपाली समय अनुसार शनिबार राति १२ बजेपछि सुरु हुनेछ । जारी प्रतियोगितामा जमैकाले सेमिफाइनल पक्का गरिसक्दा डिफेन्डिङ च्याम्पियन समेत रहेको बार्बाडोस भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यस्तोमा यो खेल बार्बाडोसका लागि केवल प्रतिष्ठाको लडाई मात्र रहदा जमैकालाई भने महत्त्वपूर्ण रहेको छ । यसअर्थमा कि यदी यो खेल र लिग चरणको अन्तिम खेलमा सेन्ट लुसियालाई पनि पराजित गरेको खण्डमा जमैकाले लिग चरणमा तेस्रो स्थानमा रहदै लिग चरणको समापन गर्नेछ ।
अब लिग चरणमा मात्र चार खेल बाँकी रहदै गर्दा प्रतियोगिताको प्राबधान अनुसार सेमिफाइनलमा अंकतालिकाको पहिलो स्थानमा रहने टोलीले चौथों स्थानमा रहने टोलीसँग खेल्नेछ ।
भने दोस्रो सेमिफाइनलमा अंकतालिकाको दोस्रो स्थानमा रहने टिमले तेस्रो स्थानको टिमसँग प्रतिष्पर्दा गर्नेछ । यस्तोमा जमैकाको लक्ष्य तेस्रो स्थानमा उक्लिदै लिग चरणको समापन गर्न रहेको थियो ।
हाल अंकतालिकामा १६ अंकसहित पहिलो स्थानमा रहेको त्रिनबागो नाइट राईडर्सले २ खेल अगावै पहिलो स्थान पक्का गरेको छ । दोस्रो स्थानमा लिग चरणको सबै खेल खेलि सकेको गुयाना अमेजन वारियर्स १२ अंकका साथ रहेको छ । यस्तै ८ खेलबाट १० अंकसहित सेन्ट लुसिया अंकतालिकाको तेस्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको जमैकाको ७ अंक रहेको छ ।
सिपीएलको दुईपटकको च्याम्पियन समेत रहेको जमैकाको यस संस्करण भने त्यस्तो राम्रो भईरहेको छैन । विशेषत ब्याटिङ पक्षले निकै खराब प्रदर्शन गरिरहेको छ । भने बलिङ पक्षको प्रदर्शन भने राम्रोनै मान्नु पर्छ । त्यसैले गर्दा जमैकालाई प्रतियोगिता जित्नु छ भन्ने ब्याटिङलाई सुधार गर्नै पर्छ । ब्याट्सम्यानहरुले आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ ।
सिपीएलमा सन्दीपको प्रदर्शन
कुल ८ खेल – २८ ओभर – १० विकेट
पहिलो खेल : सेन्ट लुसियाविरुद्ध ( जमैका -५ विकेटले विजयी )
सन्दिप – ४ ओभर – २३ रन – १ विकेट
दोस्रो खेल : त्रिनबागो नाइट राईडर्सविरुद्ध ( नाईट राईडर्स ७ विकेटले विजयी )
सन्दीप – ४ ओभर – ३० रन – १ विकेट
तेस्रो खेल : गुयाना अमेजन वारियर्सविरुद्ध ( गुयाना १४ रनले विजयी)
सन्दीप – ४ ओभर – ८ रन – २ विकेट
चौथों खेल : गुयाना अमेजन वारियर्सविरुद्ध ( जमैका ५ विकेटले विजयी )
सन्दीप – ४ ओभर – १२ रन – १ विकेट
पाँचौ खेल – बार्बोडोसविरुद्ध ( बार्बोडोस ३६ रनले विजयी )
सन्दीप – ४ ओभर -१६ रन – २ विकेट
छ्ठौं खेल – सेन्ट किट्सविरुद्ध ( जमैका ३७ रनले विजयी )
सन्दीप – ४ ओभर – २७ रन – २ विकेट
सातौं खेल – नाइट राईडर्सविरुद्ध ( नाइट राईडर्स १९ रनले विजयी )
सन्दीप – ४ ओभर – २० रन – १ विकेट ।
आठौं खेल – सेन्ट किट्स (वर्षाले गर्दा रद्द )