डेविड मालनको अर्धशतकमा इंग्ल्यान्डले दियो अष्ट्रेलियालाई सम्मानजनक लक्ष्य

डेविड मालनको अर्धशतकमा इंग्ल्यान्डले दियो अष्ट्रेलियालाई सम्मानजनक लक्ष्य

एजेन्सी । इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको तीन खेलको टी- ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियासामू सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।

साउथह्याम्प्टनस्थित रोज बाउलमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको छ ।

टिमले सम्मानजनक स्कोर बनाउँने क्रममा इंग्ल्यान्डले सुरुवात पनि राम्रो गरेको थियो । उसका लागि ओपनर ब्याट्सम्यानद्वय जोस बटलर र जोनि बेयरस्टोले ४३ रनको ओपनिङ साझेदारी गरेका थिए ।

३.६ ओभरमा पहिलो विकेटका रुपमा टिमले बेयरस्टोलाई ब्यक्तिगत ८ रनमा गुमाएको थियो । त्यसपछि अर्का ओपनर जोस बटलर ४४ रन बनाएर आउट हुन् पुगेका थिए । उनले उक्त रन बनाउँने क्रममा २९ बलको सामना गर्दै ५ चौका र २ छ्क्का समेत प्रहार गरे ।

बटलर पभेलियन फर्किएपछि इंग्ल्यान्डले टम बैन्टन र कप्तान इयोन मोर्गनलाई भने सस्तैमा गुमायो । जसमा बैन्टनले ८ रन बनाउँदा मोर्गनले ५ रन मात्र थपे ।

त्यसपछि पनि इंग्ल्यान्डको विकेट पतन रोकिएन । जसमा मोइन अलि २ रन र टम कुरानले ६ रन बनाएर आउट हुन् पुगे ।

एकतर्फ विकेट पतन क्रमशः भईरहेको अवस्थामा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका
डेविड मालनले अर्कोतर्फबाट पारीलाई अगाडि बढाईरहे । इनिङकै सर्वाधिक ठूलो पारी खेलेका उनले केन रिचर्डसनको बलमा सातौं विकेटका रुपमा आउट हुनुअघि ४३ बलको सामना गर्दै ५ चौका र ३ छ्क्कासहित ६६ रनको योगदान गरे । यस्तै अविजित रहेका क्रिस जोर्डनले पनि १४ रन टिमका लागि थपेपछि टिम सम्मानजनक स्कोरतर्फ पुग्न सफल भयो ।

बलिङतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल , केन
रिचर्डसन र एस्टन अगरले समान २/२ विकेट लिएका थिए । भने प्याट कमिन्सले पनि १ विकेट लिएका थिए ।

अब इंग्ल्यान्डले प्रस्तुत गरेको १ सय ६३ रनको विजयी चुनौतीलाई पछ्याउँदै अष्ट्रेलियाले अबको केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।