अष्ट्रेलिया र इंग्ल्यान्ड आज भिड्दै
एजेन्सी । इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको तीन खेलको टी- ट्वान्टी सिरिजको पहिलो खेल आज हुँदैछ ।
कोरोना भाइरस (कोभिड-१९ ) का कारण लामो समय मैदान बाहिर रहेको अष्ट्रेलिया आजबाट मैदानमा फर्किदै छ । भने इंग्ल्यान्डले यसअघि वेस्ट इन्डिज , आयरल्यान्ड र पाकिस्तानसँग क्रिकेट खेलिसकेको छ ।
खेल नेपाली समय अनुसार राति पौने ११ बजेपछि साउथह्याम्प्टनस्थित रोज बाउलमा हुनेछ । यी दुई टिमबीच अघिल्लोपटक सन् २०१८ जूनमा भेट भएको थियो । जहाँ एक खेल मात्र भएको थियो । जसमा इंग्ल्यान्डले अष्ट्रेलियालाई २८ रनले पराजित गरेको थियो ।
लामो समयको अन्तरालपछि क्रिकेटमा फर्किन लागेको अष्ट्रेलिया सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ । भने घरेलु टोली पनि आफ्नो लयलाई यथावत राख्दै अगाडि बढ्न चाहन्छ ।
सिरिज अन्तर्गत दोस्रो खेल आईतबार र तेस्रो खेल मंगलबार हुनेछ । टी- ट्वान्टी सिरिजपछि यी दुईबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ । जून सिरिज आईसीसी विश्वकप छ्नोट अन्तर्गत सुपर लिग मातहतको हो ।
इंग्ल्यान्ड टी – ट्वान्टी टोली : इयोन मोर्गन(कप्तान) मोईन अली,जोफ्रा आर्चर,जोनाथन बेयरस्टो,टम बैन्टन,साम बिलिंग्स जोस बटलर,साम कुरान,टम कुरान,जो डेन्ली,क्रिस जोर्डन, डेविड मालन,आदिल रशीद र मार्क वुड
अष्ट्रेलियन टोली – आरोन फिन्च (कप्तान),सन एबट,एस्टन अगर,एलेक्स केरि,प्याट कमिन्स,जोश हेजलवुड,मार्नस लाबुसेन,नाथन लायन,मिचेल मार्श,ग्लेन म्याक्सवेल,राइली मेरीडिथ,जोश फिलिपे,ड्यानियल स्याम्स,केन रिचर्डसन,स्टिभ स्मिथ,मिचेल स्टार्क,मार्कस स्टोइनिस,एन्ड्रु टाई,म्याथ्यु वेड, डेविड वार्नर र एडम जम्पा