सन्दीपको टिम जमैका सेमिफाइनलमा प्रवेश
एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाज वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल ) को सेमिफाइनल पुग्न सफल भएको छ ।
शुक्रबार बिहान भएको खेलमा जमैकालाई पछ्याईरहेको बार्बाडोस ट्राईडेन्ट्स गुयाना अमेजन वारियर्ससँग ६ विकेटले पराजित भएपछि जमैका प्रतियोगितामा दुई खेल खेल्न बाँकी रहदै सेमिफाइनल पुग्न सफल भएको छ ।
योसँगै बार्बाडोस र सेन्ट किट्स यस प्रतियोगिताबाट बाहिरिका छन् । अब सेमिफाइनलमा अंकतालिकाको पहिलो स्थानमा रहने टिमले चौथों स्थानमा रहने टिमसँग प्रतिष्पर्दा गर्नेछ । भने दोस्रो हुनेले तेस्रो टिमसँग खेल्नेछ ।
यता हालसम्म ८ खेल खेलेको जमैकाको अहिले अंकतालिकाको चौथों स्थानमा रहेको छ । पहिलो स्थानमा ८ खेल खेल्दै १६ अंकसहित नाइट राईडर्स रहेको छ । भने लिग चरणको सबै खेल खेलि सकेको गुयाना १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । भने ८ खेल खेलेको सेन्ट लुसिया १० अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।
अब जमैकाको तेस्रो स्थानमा उक्लिन सक्ने मात्र मौका रहेको छ । सेन्ट लुसिया र जमैकाले अब लिग चरणको खेलमा समान २/२ खेल खेल्न बाँकी रहेको छ । यस्तोमा जमैकाले अब बाँकी दुबै खेल जितेमा र सेन्ट लुसिया पनि बाँकी खेलमा हारेमा जमैकाले तेस्रो स्थानमा रहदै लिग चरणको समापन गर्नेछ ।
जमैकाले अब बार्बाडोससँग र सेन्ट लुसियासँग खेल्न बाँकी रहेको छ । सन् २०१३ देखि सुरु भएको सिपीएलमा जमैका दुईपटक च्याम्पियन बनिसकेको छ । जमैकाले सन् २०१३ र सन् २०१६ मा प्रतियोगिताको उपाधि उचालेको थियो ।