जमैकाको आठौं खेलमा वर्षा बाधक
एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपीएल ) अन्तर्गत अहिले भईरहेको जमैका र सेन्ट किट्सबीचको खेलमा वर्षा बाधक बन्न पुगेको छ ।
ब्रायन लारा क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किट्सले ५.४ ओभर भित्र विना विकेटको क्षतिमा ४६ रन बनाएको अवस्थामा अहिले मैदानमा पानी परिरहेको हुँदा खेल रोकिएको छ ।
उसका लागि इविन लुईसले २१ रन र क्रिश लिनले २३ रन बनाईसकेका छन् ।
प्रतियोगितामा हालसम्म ७ खेल खेलिसकेको जमैकाले ३ खेलमा जित हासिल गर्दा ४ खेल गुमाएको छ । जसअनुसार ६ अंक जोडेको जमैका अहिले अंकतालिकाको चौथों स्थानमा रहेको छ ।
यस्तोमा प्रतियोगिताको सेमिफाइनल पुग्न जमैकालाई यो खेल निकै महत्त्वपूर्ण रहेको छ ।