जमैकाले टस जित्यो : रोज्यो बलिङ
एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल) को आफ्नो आठौं खेलमा जमैकाले सुरुमा बलिङ गर्ने भएको छ ।
भर्खरै ब्रायन लारा क्रिकेट रंगशालामा भएको टसमा टस जितेर जमैकाले सेन्ट किट्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको छ । आजको खेलमा पनि नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेलाई जमैकाले निरन्तरता दिएको छ ।
प्रतियोगितामा हालसम्म ७ खेल खेलिसकेको जमैकाले ३ खेलमा जित हासिल गर्दा ४ खेल गुमाएको छ । जसअनुसार ६ अंक जोडेको जमैका अहिले अंकतालिकाको चौथों स्थानमा रहेको छ ।
यस्तोमा यो खेल जितेमा जमैकालाई प्रतियोगिताको सेमिफाइनल पुग्न धेरै सहज हुनेछ । होईन भने उसको सेमिफाइनल यात्रा कठिन बनेर आउने छ ।
जमैकासँग खेल्न लागेको सेन्ट किट्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ । अहिले सम्म ८ खेल खेलिसकेको सेन्ट किट्सले एक खेलमा मात्र जित हासिल गरेको छ ।
यसअघि पनि पहिलो भेटमा जमैकाले सेन्ट किट्सलाई ३७ रनले पराजित गरेको थियो । तसर्थ जारी प्रतियोगितामा निकै खराब प्रदर्शन गरिरहेको सेन्ट किट्सविरुद्ध जमैका हाबी हुने उच्च सम्भावना रहेको छ ।
प्रतियोगिता भरि विषेशत जमैकाको ब्याटिङ त्यति संतोषजनक हुन सकिरहेको छैन । भने बलिङले भने राम्रो साथ दिईरहेको छ ।
प्रतियोगितामा भने त्रिनबागो नाइट राईडर्स र गुयाना अमेजन वारियर्सले सेमिफाइनल पक्का गरिसकेका छन् । प्रतियोगिताको प्राबधान अनुसार लिग चरणका शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् ।
यता जारी प्रतियोगितामा नेपालका सन्दीप लामिछानेले पनि निकै राम्रो प्रदर्शन गरिरहेका छन् । जस अनुरुप उनले आफ्नो विकेट सङ्ख्या १० पुर्याईसकेका छन् ।