onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सेन्ट लुसियालाई हराउँदै गुयाना सेमिफाइनलमा

एजेन्सी । सेन्ट लुसियालाई हराउँदै गुयाना अमेजन वारियर्स वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल ) को सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार बिहान भएको खेलमा सेन्ट लुसियालाई ७ विकेटले पराजित गरेसँगै गुयाना अंकतालिकामा १० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको हो । र सेमिफाइनल पुग्ने दोस्रो टोलीसमेत बनेको छ । यसअघि नाइट राईडर्स पुगिसकेको छ । यता पराजित हुन् पुगेको सेन्ट लुसिया गुयानासँग समान अंक भएपनि नेट रनरेटमा पछि पर्दै तेस्रो स्थानमा रहेको छ ।

खेलमा सेन्ट लुसियाले प्रस्तुत गरेको १ सय १० रनको झिनो चुनौतीलाई गुयानाले १३.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमलाई सानदार जित दिलाउने क्रममा उसका लागि शिमरोन हेटमायरले अविजित रहदै ५६ रनको योगदान गरे । ३६ बलको सामना गरेका उनले ६ चौका र ३ छ्क्का प्रहार गर्दै उक्त अर्धशतकीय पारी खेलेका थिए ।

यस्तै चन्द्रपौल हेमराजले २६ रन बनाउँदा निकोलस पूरनले १० रन , ब्रान्डन किंगले ५ रन र रोस टेलरले अविजित रहदै ७ रन जोडेपछि टिमले सहज जित निकाल्न सफल भयो ।

बलिङतर्फ सेन्ट लुसियाका स्कट कुगेलेइजन,मोहम्मद नबी र जेभिले ग्लेनले समान एक -एक विकेट लिएका थिए ।

त्यसअघि ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ९ रन मात्र बनाएको थियो ।

निकै खराब ब्याटिङ गरेको सेन्ट लुसियाको तर्फबाट अत्यमा जेभिले ग्लेनले बनाएको २३ रननै इनिङको सर्वाधिक ठूलो पारी हुन् पुग्यो ।अविजित रहेका उनले २२ बलको सामना गर्दै ३ चौकाको सहयोगमा २३ रन बनाएका थिए ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान रहकिम कोर्नवालले २१ तथा नजिबुल्ला जार्दनले १९ रन जोडेका थिए ।

सेन्ट लुसियाको ब्याटिङ ध्वस्त पार्ने क्रममा गुयानाका नवीन उल हक र कीमो पॉलले समान २-२ विकेट हात पारेका थिए । भने इमरान ताहिर , केभिन सिन्क्लेयर र रोमारियो शेफर्डले पनि १/१ विकेट हात पार्न सफल भए ।