onlinekhelkhabar.com

Complete website for Nepali Sports News

लेन्डल सिमन्सको सानदार ब्याटिङमा नाइट राईडर्सको लगातार आठौं जित

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपीएल ) मा त्रिनबागो नाइट राईडर्सले लगातार आठौं जित हासिल गरेको छ ।

बुधबार राति भएको खेलमा नाइट राईडर्सले जित हासिल गर्ने क्रममा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ५९ रनले पराजित गरेको छ ।

खेलमा नाइट राईडर्सले प्रस्तुत गरेको १ सय ७५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको सेन्ट किट्सले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

उसका लागि क्रिस लिनले सर्वाधिक ठूलो पारी खेलेका थिए । ४६ बलको सामना गरेका उनले १ चौका र २ छ्क्कासहित ३४ रन बनाएका थिए ।

यस्तै टिमका लागि जोशुआ डा सिल्भाले २९ र कप्तान रायद इमृतले १३ रन बनाउनुबाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न नसक्दा टिमले फराकिलो हार ब्यहोर्न बाध्य भएको थियो ।

बलिङतर्फ नाइट राईडर्सका सिकन्दर राजाले ३ तथा कप्तान ड्वेन ब्राभो,प्रविण ताम्बे , खारी पियरे र अकेल होसेनले पनि समान एक -एक विकेट लिएका थिए ।

त्यसअघि ब्रायन लारा रंगशालामा भएको खेलमा टस हारेर नाइट राईडर्सले सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।

उसका लागि लेन्डल सिमन्सले सानदार ब्याटिङ गरे । ६३ बलको सामना गरेका उनले ७ चौका र ६ छ्क्कासहित ९६ रन बनाए । यस्तै टिमका लागि ब्राबोले ३६ रन बनाएका थिए ।

बलिङतर्फ सेन्ट किट्सका डोमिनिक ड्रैक्सले २ तथा शेल्डन कोट्रेलले १ विकेट लिएका थिए ।