अमेरिकामा रहेका नेपालीबाट कुन्दनलाई आर्थिक सहयोग
काठमाडौं (अनलाइन खेल खबर ) । दुबै मिर्गौला फेल भई डायलोसिसको साहारामा रहेका क्रिकेट खेलाडी कुन्दन सिंह राजपुतलाई अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
प्रतिभावान यू-१९ राष्ट्रिय क्रिकेट खेलाडी प्रतिश जिसीको ममतामयी आमा प्रतिभा पूरीले अमेरिकामा संकलन गरेको ६४ हजार ८ सय पाँच रुपैयाँ हाल नेपालमा कुन्दननसिंह बचाउँ अभियान चलाईरहेका युवा क्रिकेट अभियन्ता विज्ञान कार्कीमार्फत प्रदान गरिएको छ ।
अमेरिकाबाट प्रदान गरिएको उक्त सहयोग रकममा प्रतिभा पूरीको समेत ब्यक्तिगत १० हजार सामेल रहेको छ । यसअघि पनि उनले २० हजार सहयोग गरेकी थिइन् ।
दुवै मिर्गौला फेल भएर डायलोसिसको साहारामा रहेका कुन्दनको पारिवारिक स्थितिलाई मध्यनजर गर्दै आर्थिक अभावकै कारण उनको थप उपचारमा कठिनाई नहोस् भनेर अहिले सहयोगी मनहरुले उनलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
यता दुबै मिर्गौला फेल भएका कुन्दनले आफ्नो डायलोसिस र उपचार जनकपुर प्रादेशिक अस्पतालमा गराउँदै आएका छन् ।