मलिङ्गाले पनि आईपीएल नखेल्ने
एजेन्सी । श्रीलंकन भेट्रान क्रिकेटर लसिथ मलिङ्गाले यहीँ सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म युएईमा हुन् गईरहेको इन्डियन प्रिमियर लिग (आईपीएल ) नखेल्ने भएका छन् ।
साविकको विजेता समेत रहेको मुम्बई इन्डियन्समा आवद्ध मलिङ्गाले पारिवारिक कारण यस संस्करणको आईपीएल गुमाउने भएका हुन् ।
यसअघि उनले आफ्नो बुबाको सल्यक्रिया गर्नु पर्ने भएको हुँदा सुरुवाती खेलहरु गुमाउने भनेर मुम्बईलाई जानकारी गराएका थिए । र अहिले प्रतियोगिताको मिति नजिकिदै गर्दा उनको अनुपस्थितिको कारण त्यो पनि हुन् सक्ने धेरैले अनुमान गरेका छन् ।
अघिल्लो वर्ष मुम्बई च्याम्पियन बन्दा विशेषत: फाइनल खेलमा मलिङ्गाले अदभूत प्रदर्शन गरेका थिए ।
रोमाञ्चक बनेको उक्त फाइनल खेलमा चेन्नईलाई अन्तिम ओभरमा जितका लागि ९ रनको आबस्यकता रहेको थियो ।
बलिङमा मलिङ्गा रहेका थिए । भने मैदानमा शेन वाटसन् र रबिन्द्र जडेजाको जोडी रहेको थियो । त्यो माहोलमा बलिङ गर्न आएका मलिङ्गाले उत्कृष्ट बलिङ गर्दै राम्रो ब्याटिङ गरिरहेका वाट्सनलाई रन आउट गराएका थिए ।
एक समय गुमिसकेको जस्तो लाग्ने उक्त खेलमा उनले अन्तिम ओभरमा मात्र ७ रन खर्चिदा मुम्बईले शनसनिपूर्ण जित निकाल्दै चौथोंपटक च्याम्पियन बनेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेटसँगै आईपीएलमा पनि राम्रो प्रभाव छोड्न सफल मलिङ्गाको अनुपस्थितले मुम्बईलाई असजिलो पक्कै बनाउँने छ । तर उनको स्थानमा मुम्बईले अष्ट्रेलियन तिब्र गतिका बलर जेम्स पेटिन्सनलाई भित्राएको छ ।
सन् २००९ देखि आइपीएल खेल्न थालेका मलिङ्गाले यसबीचमा १ सय २२ खेल खेल्दै कुल १ सय ७० विकेट लिईसकेका छन् । उनि आईपीएल इतिहासमा सर्वाधिक धेरै विकेट लिने खेलाडी समेत हुन् । जसलाई अमित मिस्राले पछ्याईरहेका छन् । उनले आइपीएलमा १ सय ५७ विकेट लिएका छन् ।