ग्यारी स्टेडलाई न्युजिल्यान्डको मुख्य प्रशिक्षकमा निरन्तरता
एजेन्सी । ग्यारी स्टेडलाई न्युजिल्यान्ड क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता दिईएको छ ।
सन् २०१८ देखि राष्ट्रिय टोली सम्हाल्न आएका स्टेडको सम्झौता सन् २०२० सम्म रहेको थियो । पूर्व सम्झौता अनुरुप उनको समयावधी सकिनै लाग्दा उनलाई न्युजिल्यान्ड क्रिकेटले सन् २०२३ मा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप सम्मका लागि निरन्तरता दिने भएको छ ।
उनको प्रशिक्षकमा न्युजिल्यान्डले अघिल्लो वर्ष मात्रै आईसीसी एकदिवसीय विश्वकपमा निकै राम्रो प्रदर्शन गर्दै उप – विजेता बनेको थियो ।
लण्डनस्थित लर्ड्स क्रिकेट मैदानमा भएको उक्त विश्वकपको फाइनल खेलमा न्युजिल्यान्डलाई भाग्यले साथ दिएको थिएन ।
सुपर ओभरमा गएको खेल सुपर ओभर पनि बराबरी हुन् पुगेपछि खेलको नतिजा खेलका दौरान ब्राउण्ड्री प्रहारको आधारबाट गरिएको थियो । जहाँ इंग्ल्यान्डले बाजि मार्दै च्याम्पियन बनेको थियो ।
न्युजिल्यान्डबाट टेस्ट समेत खेलेका स्टेड टिममा जोडिनु अघि भने माइक हेसन टिमको मुख्य प्रशिक्षक रहेका थिए । स्टेडको प्रशिक्षणमा रहेको न्युजिल्यान्ड टोली वर्तमान स्थितिमा टेस्टतर्फको वरियतामा दोस्रो स्थानमा , एकदिवसीयमा तेस्रो स्थानमा र टी- ट्वान्टी अन्तर्राष्ट्रियमा छ्टौं स्थानमा रहेको छ ।
छोटो समयमा टोलीलाई यो स्तरसम्म पुर्याउन सफल भएकै कारण न्युजिल्यान्ड क्रिकेटले उनलाई निरन्तरता दिने निर्णय गरेको हो ।