इंग्ल्यान्डविरुद्ध पाकिस्तानले सुरुमा ब्याटिङ गर्ने

इंग्ल्यान्डविरुद्ध पाकिस्तानले सुरुमा ब्याटिङ गर्ने

एजेन्सी । इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी- ट्वान्टी सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली पाकिस्तानले सुरुमा ब्याटिङ गर्ने भएको छ ।

म्यानचेस्टरस्थित एमिरेट्स ट्राफर्डमा भर्खरै भएको टसमा टस जितेर घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानलाई सुरुमा ब्याटिङको निम्तो दिएको छ ।

सिरिजमा यसअघि पहिलो खेल वर्षाका कारण नतिजा विहिन हुन् पुगेको थियो भने दोस्रो खेलमा भने घरेलु टोली इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो ।

यसरी अहिले सिरिजमा इंग्ल्यान्ड १-० ले अगाडी रहेको छ । यदी यो सिरिजको अन्तिम खेल पनि इंग्ल्यान्डले आफ्नो पक्षमा पारेको खण्डमा उसले टी- ट्वान्टी सिरिज लगातार छ्टौंपटक आफ्नो नाममा लेखाउन सफल हुनेछ ।

इंग्ल्यान्डले अन्तिमपटक सन् २०१८ मा भारतसँगको टी- ट्वान्टी सिरिज गुमाएको थियो । त्यस क्रममा इंग्ल्यान्ड २-१ ले पराजित हुन् पुगेको थियो । त्यसपछि भने इंग्ल्यान्डले हार ब्यहोर्न परेको छैन ।

त्यसपछि इंग्ल्यान्डले श्रीलंका,वेस्ट इन्डिज,पाकिस्तान, न्युजिल्यान्ड र दक्षिण अफ्रिकालाई क्रमशः पराजित गरेको छ ।

यता यी दुईबीच टी- ट्वान्टी अघि तीन खेलको टेस्ट सिरिज भएको थियो । जसमा घरेलु टोली इंग्ल्यान्ड १-० ले विजयी भएको थियो ।

अब यस सिरिज सकिए लगत्तै इंग्ल्यान्डले अष्ट्रेलियालाई स्वागत गर्नेछ । अष्ट्रेलिया र इंग्ल्यान्डबीच तीन खेलको टी- ट्वान्टी र तीन खेलको एकदिवसीय सिरिज हुनेछ । जसको सुरुवात यहीँ शुक्रबारबाट हुँदैछ ।