इंग्ल्यान्डलाई लगातार छ्टौंपटक सिरिज जित्ने मौका
एजेन्सी । इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी- ट्वान्टी सिरिज अन्तर्गत आज तेस्रो तथा अन्तिम खेल हुँदैछ ।
खेल नेपाली समय अनुसार राति पौने ११ बजेपछि म्यानचेस्टरस्थित एमिरेट्स ट्राफर्डमा हुनेछ ।
सिरिजमा यसअघि पहिलो खेल वर्षाका कारण नतिजा विहिन हुन् पुगेको थियो भने दोस्रो खेलमा भने घरेलु टोली इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो ।
यसरी अहिले सिरिजमा इंग्ल्यान्ड १-० ले अगाडी रहेको छ । यदी आज हुने सिरिजको अन्तिम खेल पनि इंग्ल्यान्डले आफ्नो पक्षमा पारेको खण्डमा उसले टी- ट्वान्टी सिरिज लगातार छ्टौंपटक आफ्नो नाममा लेखाउन सफल हुनेछ ।
इंग्ल्यान्डले अन्तिमपटक सन् २०१८ मा भारतसँगको टी- ट्वान्टी सिरिज गुमाएको थियो । त्यस क्रममा इंग्ल्यान्ड २-१ ले पराजित हुन् पुगेको थियो । त्यसपछि भने इंग्ल्यान्डले हार ब्यहोर्न परेको छैन ।
त्यसपछि इंग्ल्यान्डले श्रीलंका,वेस्ट इन्डिज,पाकिस्तान, न्युजिल्यान्ड र दक्षिण अफ्रिकालाई क्रमशः पराजित गरेको छ ।
यता यी दुईबीच टी- ट्वान्टी अघि तीन खेलको टेस्ट सिरिज भएको थियो । जसमा घरेलु टोली इंग्ल्यान्ड १-० ले विजयी भएको थियो ।
अब यस सिरिज सकिए लगत्तै इंग्ल्यान्डले अष्ट्रेलियालाई स्वागत गर्नेछ । अष्ट्रेलिया र इंग्ल्यान्डबीच तीन खेलको टी- ट्वान्टी र तीन खेलको एकदिवसीय सिरिज हुनेछ । जसको सुरुवात यहीँ शुक्रबारबाट हुँदैछ ।
इंग्ल्यान्ड टोली : इयोन मोर्गन (कप्तान )टम ब्यान्टन, जोनी बेयरस्टो, डेविड मालन, इयोन मोर्गन , साम बिलिंग्स, मोइन अली, टम कुरान, डेभिड विले, क्रिस जोर्डन, आदिल रशीद, साकीब मेहमूद, जो डेली र लुइस ग्रेगरी
पाकिस्तान टोली : बाबर आजम (कप्तान ), फखर जमान, हैदर अली, शोएब मलिक, सरफराज अहमद , इफ्तिखार अहमद, इमाद वसीम, शादाब खान, मोहम्मद अमीर, वहाब रियाज, शाहीन अफरीदी, मोहम्मद हफीज, मोहम्मद रिजवान, खुशदिल शाह, नसीम शाह , मोहम्मद हसनैन र हरिस रउफ