onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दीपका साथी जम्पा आईपीएलमा बेङ्गलोरबाट खेल्ने

एजेन्सी । अष्ट्रेलियन गुग्ली स्टार एडम जम्पालाई विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरले अनुबन्धित गरेको छ ।

अष्ट्रेलियन बलर केन रिचर्डसनले आफ्नो पहिलो सन्तान भएको कारण यस संस्करणको आईपीएल गुमाउने भनेपछि उनको स्थानमा बेङ्गलोरले जम्पालाई भित्राएको हो ।

जम्पाको आगमनसँगै बेङ्गलोरमा स्पिनरको बर्चस्व बढेको छ । उनिसँगै टिममा युजवेन्द्र चहल,वासिङ्टन सुन्दर,मोइन अलि र पवन नेगि रहेका छन् ।

अघिल्लो संस्करणको बिग ब्यासमा उनले निकै राम्रो प्रदर्शन गरेका थिए । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेसँगै मेलबर्न स्टार्ससँग खेलेका उनले सिजन भरि १२ खेल खेल्दै २० विकेट लिएका थिए । टिम प्रतियोगिताको उप- विजेता बनेको थियो ।

एउटै टिमबाट खेलेपछि सन्दीप र जम्पाबीचको मित्रता गहिरो बनेको थियो । त्यसक्रममा जम्पाले सन्दीपको खुलेरै प्रशंसा समेत गरेका थिए ।

२८ वर्षीय जम्पाले अन्तर्राष्ट्रिय क्रिकेटमा भने ५५ एकदिवसीय ,३० टी- ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । जसमध्य एकदिवसीयमा ७५ विकेट र टी- ट्वान्टी अन्तर्राष्ट्रियमा ३२ विकेट लिएका छन् ।

यस संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म युएईमा हुन् गईरहेको छ । यता सन्दीप यस संस्करण पनि दिल्लीबाट आईपीएल खेल्दै छन् ।