जम्दै सन्दीप र मुजीबको जोडी : प्रदर्शन देखेर जमैका पनि मख्ख !

जम्दै सन्दीप र मुजीबको जोडी : प्रदर्शन देखेर जमैका पनि मख्ख !

एजेन्सी । वेस्ट इन्डिजमा अहिले क्यारेबियन प्रिमियर लिग (सिपीएल ) जारी रहेको छ । अगस्ट १८ देखि सुरु भएको यस प्रतियोगिता अहिले मध्यतिर आईपुगेको छ ।

विषेषत: कोरोना भाइरस(कोभिड -१९ ) ले गर्दा लामो समयपछि फर्किएको क्रिकेट खेलमा यस सिपीएलले राम्रो प्रभाव छोडिरहेको छ ।

प्रतियोगिता अन्तर्गत लिग चरणका खेलहरु जारी रहेको छ । कुल ६ फेन्चाईज टोलीको सहभागिता रहेको सिपीएल अहिले रोचक पनि बन्दै गएको छ ।

लिग चरणबाट ४ टोली सेमिफाइनल पुग्ने हुँदा प्रतियोगिता मध्यतिर आईपुग्दा थप रोमान्चक मोडमा पुगेको छ । यस्तोमा अहिले सम्म एक टिम बाहेक सबैको उत्तिकै सम्भावना रहेको छ ।

खेल चल्दै छ । सिपीएलमा केहि खेलाडीले राम्रो गर्दै आएका छन् भने केही खेलाडी सुपर फ्लब हुने क्रममा रहेका छन् । तर यसबीचमा विश्वका प्रभावशाली दुई स्पिनर नेपालका सन्दीप लामिछाने र अफगानिस्तानका मुजीब उर रहमानले भने उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

सिपीएलको दुईपटकको च्याम्पियन जमैका तल्लावाजसँग आवद्ध सन्दीप र मुजीबको जोडी सिपीएलमा नजरमा परेको छ ।

हालसम्म ६ खेल खेलिसकेको जमैकाले यो जोडीलाई सबै खेलमा विश्वास गरेको छ । अहिले सम्म ३ खेलमा जित र ३ मा हार ब्यहोरेको जमैकाका लागि यो जोडीले अहिले सम्म न्याय पनि गरेको छ ।

त्यसको फलस्वरुप हालसम्म प्रतियोगिताको विकेट कर्ताको शीर्षस्थानमा मुजीब रहेका छन् । सूचीको शीर्ष स्थानमा रहेका उनले अहिले सम्म मात्र ९३ रन खर्चिएर १३ विकेट लिईसकेका छन् ।

भने सन्दीपले पनि ९ विकेट लिँदै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा छ्ठौं स्थानमा रहेका छन् ।

तुलनात्मक रुपमा मुजीब भन्दा सन्दीप केहि महँगा भएको भएपनि सन्दीपले महत्वपूर्ण समयमा टिमका लागि विकेट भने चट्काएका छन् । ४.८३ को ईकोनोमीमा बलिङ गरेका सन्दीपले अहिले सम्म १ सय १६ रन खर्चिएका छन् ।

जमैकाले यी प्रतिभावान दुई स्पिनरलाई सुरुवात देखि महत्वपूर्ण खेलाडीको रुपमा लिएर टिमलाई अनुबन्धित गरेको थियो । पछिल्लो समय यी दुई युवा खेलाडीले विश्व क्रिकेटमा आफूलाई प्रमाणित गरिसकेका छन् । जसको निरन्तरता यस सिपीएलमा पनि रहेको छ ।

अब हेर्नुहोस – यी दुईको अहिले सम्मको प्रदर्शन !

पहिलो खेल : सेन्ट लुसियाविरुद्ध ( जमैका -५ विकेटले विजयी )

मुजीब – ४ ओभर -२५ रन – २ विकेट
सन्दिप – ४ ओभर – २३ रन – १ विकेट

दोस्रो खेल : त्रिनबागो नाइट राईडर्सविरुद्ध ( नाईट राईडर्स ७ विकेटले विजयी )

मुजीब- ४ ओभर – १३ रन – १ विकेट
सन्दीप – ४ ओभर – ३० रन – १ विकेट

तेस्रो खेल : गुयाना अमेजन वारियर्सविरुद्ध ( गुयाना १४ रनले विजयी

मुजीब- ४ ओभर – १८ रन – ३ विकेट
सन्दीप – ४ ओभर – ८ रन – २ विकेट

चौथों खेल : गुयाना अमेजन वारियर्सविरुद्ध ( जमैका ५ विकेटले विजयी )

मुजीब- ४ ओभर – ११ रन – ३ विकेट
सन्दीप – ४ ओभर – १२ रन – १ विकेट

पाँचौ खेल – बार्बोडोसविरुद्ध ( बार्बोडोस ३६ रनले विजयी )

मुजीब -४ ओभर – १४ रन – ३ विकेट
सन्दीप – ४ ओभर -१६ रन – २ विकेट

छ्ठौं खेल – सेन्ट किट्सविरुद्ध ( जमैका ३७ रनले विजयी )

मुजीब- ४ ओभर – १२ रन – १ विकेट
सन्दीप – ४ ओभर – २७ रन – २ विकेट