इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टी- ट्वान्टी खेल आज हुँदै
एजेन्सी । इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी- ट्वान्टी सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ ।
पहिलो खेल वर्षाका कारण नतिजा विहिन हुन् पुग्दा आज नेपाली समय अनुसार बेलुकी ७ बजेपछि सुरु हुने खेलमा दुबै टिम पहिलो जितको खोजिमा रहने छन् । खेल म्यानचेस्टरस्थित एमिरेट्स ट्राफर्डमानै हुनेछ ।
यसअघि वर्षा बाधक बनेको पहिलो खेलमा टस जितेर पाहुना टोली पाकिस्तानले इंग्ल्यान्डलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो ।
जसअनुरुप इंग्ल्यान्डले १६.१ ओभर भित्र ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको अवस्थामा मैदानमा भारी मात्रामा पानी पर्न थालेपछि अन्ततः खेल पूरानै हुन् सकेको थिएन । त्यस क्रममा इंग्ल्यान्डका टम बेन्टनले ७१ रनको पारी खेलेका थिए ।
यस खेलपछि सिरिजको अन्तिम खेल मंगलबार हुनेछ । यस टी- ट्वान्टी सिरिज भन्दा अघि यी दुई टोलीबीच ३ खेलको टेस्ट सिरिज पनि भएको थियो । जसमा घरेलु टोली इंग्ल्यान्ड १-० ले विजयी भएको थियो ।
इंग्ल्यान्ड टोली : इयोन मोर्गन (कप्तान )टम ब्यान्टन, जोनी बेयरस्टो, डेविड मालन, इयोन मोर्गन , साम बिलिंग्स, मोइन अली, टम कुरान, डेभिड विले, क्रिस जोर्डन, आदिल रशीद, साकीब मेहमूद, जो डेली र लुइस ग्रेगरी
पाकिस्तान टोली : बाबर आजम (कप्तान ), फखर जमान, हैदर अली, शोएब मलिक, सरफराज अहमद , इफ्तिखार अहमद, इमाद वसीम, शादाब खान, मोहम्मद अमीर, वहाब रियाज, शाहीन अफरीदी, मोहम्मद हफीज, मोहम्मद रिजवान, खुशदिल शाह, नसीम शाह , मोहम्मद हसनैन र हरिस रउफ