सन्दीप सर्वाधिक विकेट कर्ताको छ्ठौं स्थानमा
एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल ) मा ९ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा छ्ठौं स्थानमा रहेका छन् ।
शनिबार राती सेन्ट किट्ससँगको खेलमा २ विकेट लिएपछि उनि हालसम्म सूचीको छ्ठौं स्थानमा रहन सफल भएका हुन् ।
जमैका तल्लावाजसँग आवद्ध सन्दीपले अहिले सम्म ६ खेल खेल्दै १ सय १६ रन खर्चिदै ९ विकेट लिईसकेका छन् ।
जारी प्रतियोगितामा सन्दीपले ९ विकेट लिने क्रममा पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध १ विकेट लिएका थिए । दोस्रो खेलमा ट्रीनबेगो नाइट राइडर्सविरुद्ध १ विकेट,गुयाना एमेजन वारियर्सविरुद्ध २ विकेट,चौथो खेलमा गुयानाविरुद्धनै १ विकेट लिएका थिए । भने बार्बाडोससँगको पाँचौ खेलमा २ विकेट र अघिल्लो सेन्ट किट्ससँगको खेलमा २ विकेट हात पारेका थिए ।
यस सूचीमा जमैकाकै अफगानी खेलाडी मुजिव उर रहमान १३ विकेटसहित शीर्षस्थानमा रहेका छन् । भने गुयाना अमेजन वारियर्सका इमरान ताहिर १२ विकेटसहित दोस्रो स्थानमा र सेन्ट लुसियाका स्कार्ट कुगेलिन ११ विकेट सहित तेस्रो स्थानमा रहेका छन् ।
यस्तै सेन्ट किट्सका रायद एमरिट १० विकेटसहित चौथों स्थानमा र सेन्ट लुसियाकै अफगानी खेलाडी मोहम्मद नबी ९ विकेटका साथ पाँचौ स्थानमा रहेका छन् ।