टस जितेर जमैकाले सुरुमा ब्याटिङ गर्ने : सन्दीप अन्तिम -११ मा पर्न सफल
एजेन्सी । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल ) अन्तर्गत आफ्नो छ्ठौं खेलमा जमैका तल्लावाजले नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेलाई अन्तिम -११ मा समावेश गरेको छ ।
भर्खरै क्विन्स पार्क ओभलमा भएको टसमा जमैकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
हालसम्म पाँच खेलेको जमैकाले मात्र २ खेलमा जित हासिल गरेको छ । र ४ अंकका साथ अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।
यस्तोमा प्रतियोगिताको दोस्रो चरणमा पुग्न जमैकालाई अबका खेल निकै महत्वपूर्ण रहेको छ ।
६ फेन्चाईज टोलीको सहभागी रहने यस प्रतियोगिताको प्राबधान अनुसार एउटा टिमले १० खेल खेल्ने गर्छ ।
यसरी खेलिसकेपछि अंकतालिकाको शीर्ष चार टोलीले सेमिफाइनल पक्का गर्नेछन् । जस अन्तर्गत पहिलो सेमिफाइनलमा अंकतालिकाको पहिलो स्थानमा रहेको टोलीले चौथों स्थानमा रहेको टोलीसँग प्रतिष्पर्दा गर्नेछ ।
भने दोस्रो स्थानमा रहने टोलीले तेस्रो स्थानमा रहेको टोलीको सामना गर्नेछ ।
प्रतियोगिताको उपाधि दाबेदार टिमको रुपमा हेरिएको जमैकाले आधा खेल सकिदा सम्म त्यस्तो राम्रो प्रदर्शन गरेको भने छैन ।
प्रतियोगितामा मिश्रित प्रदर्शन गरि रहेको जमैकाले सुरुवात भने सुखद गरेको थियो । सुखद सुरुवात गर्ने क्रममा जमैकाले पहिलो खेलमा सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेको थियो ।
त्यसपछि भने जमैका त्रिनबागो नाइट राईडर्ससँग ७ विकेटले र गुयाना अमेजन वारियर्ससँग १४ रनले पराजित हुन् पुगेको थियो ।
चौथो खेलमा भने जमैकाले गुयानालाईनै ५ विकेटले पराजित गर्दा अघिल्लो खेलमा फेरी जमैका बार्बोडससँग ३६ रनले पराजित हुन पुगेको थियो ।
यता जमैकाको सामना गर्न लागेको सेन्ट किट्सले प्रतियोगितामा खराब प्रदर्शन गरिरहेको छ । हालसम्म ५ खेल खेलेको सेन्ट किट्सले मात्र एक खेलमा जित निकाल्दै २ अंकसहित अंकतालिकाको पुछाँरमा रहेको छ ।
जमैकाले प्रतियोगितामा मिश्रित प्रदर्शन गरेको भएपनि नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले भने राम्रो प्रदर्शन गरिरहेका छन् । जसअन्तर्गत उनले अहिले सम्म ७ विकेट लिईसकेका छन् ।