चेन्नई फेरी संकटमा : रैना आईपीएल नखेल्ने

चेन्नई फेरी संकटमा : रैना आईपीएल नखेल्ने

एजेन्सी । भारतीय क्रिकेटर सुरेश रैनाले आउँदो सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म युएईमा हुन् गईरहेको इन्डियन प्रिमियर लिग (आईपीएल ) गुमाउने भएका छन् ।

प्रतियोगिताको मिति नजिकिदै गर्दा पारिवारिक कारण उनले आईपीएलको यस सिजन पूरै गुमाउने भएका हुन् । आईपीएल खेल्न भनेर युएई पुगेका सुरेश अहिले स्वदेश फर्किएका छन् ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्समा आवद्ध रहेका उनले केही दिन अगाडी धोनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्यास लिएका थिए ।

यता योसँगै चेन्नईलाई ठूलो झट्का समेत लागेको छ । रैना आईपीएलका सफल खेलाडी मध्यमा पर्ने गर्छन् ।

३३ वर्षिय रैना आईपीएलमा धेरै रन बनाउँने खेलाडीको सूचीको दोश्रो स्थानमा रहेका छन् ।आईपीएलमा १ सय ९३ खेल खेलेका उनले ५ हजार ३ सय ६८ रन बनाएका छन् । भने पहिलो स्थानमा विराट कोहली रहेका छन् । उनले ५ हजार ४ सय १२ रन बनाएका छन् ।