onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ओलीको शल्यक्रिया हुने

एजेन्सी । इंग्ल्यान्डका युवा ब्याट्सम्यान ओली पोप करिब ४ महिना जति मैदान बाहिर बस्नु पर्ने भएको छ ।

मध्यक्रमका ब्याट्सम्यान ओली केहि दिनअघि पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट खेलका दौरान चौथों दिन स्टुअर्ट ब्रडको बलमा चौका बचाउँने क्रममा चोटिल हुन् पुगेका थिए । त्यसपछि उनि तत्कालै मैदान छोडेर बाहिर गएका थिए ।

अब कुममा लागेको चोटका कारण उनले शल्यक्रिया गर्नु पर्ने भएको छ । शल्यक्रिया प्रश्चात उनले करिब ४ महिना जति आराम गर्ने छन् ।

सन् २०१८ मा भारतविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा पाईला चालेका उनले अहिले सम्म १३ टेस्ट खेलेका छन् । जसमा १ शतकसहित उनले ६ सय ४५ रन बनाईसकेका छन् ।

पछिल्लो समय लामो ढाँचाको क्रिकेटमा उदाउँदो खेलाडीको रुपमा देखा परेका उनले सन् २०२० जनवरीमा दक्षिण अफ्रिकाविरुद्ध २ सय २६ बलको सामना गर्दै १८ चौका र १ छ्क्कासहित अविजित रहदै १ सय ३५ रन बनाएका थिए ।