सन्दीपको सम्भावना छ : तर मुस्किल पनि उत्तिकै

सन्दीपको सम्भावना छ : तर मुस्किल पनि उत्तिकै

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) को मिति नजिकदै गर्दा अहिले क्रिकेट जगतमा आईपीएलको चर्चा परिचर्चा हुन् थालिसकेको छ ।

यसबीचमा नेपाल पनि अछुतो रहेको छैन् । विशेषत:नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने यसपटक पनि खेल्दै छन् ।

दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो सिरिज खेल्न लाग्दै गर्दा सन्दीपलाई लिएर नेपालमा जनचासो बढेर गएको छ । पछिल्लो पटक उनको टिम दिल्लीले दुई विदेशी खेलाडीलाई टिममा भित्राएसँगै सन्दीपलाई लिएर उनले मौका पाउँछन् या पाउँदैनन भन्ने कुराले धेरैको मनमा खुलदुली पैदा गरेको छ ।

दिल्लीले केहि दिन अगाडी इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सलेको स्थानमा दक्षिण अफ्रिकाका दायाँ हाते तीब्र गतिका बलर एनरिच नोर्टजेलाई अनुबन्धित गरेको थियो । आन्तरिक कारण देखाउदै वोक्सले आईपीएल नखेल्ने बताएका थिए ।

त्यसपछि दिल्लीले फेरी एक अर्का विदेशी खेलाडीलाई टिममा भित्राएको छ । इंग्ल्यान्डका जेसन रोय चोटिल हुन् पुगेपछि उनले यस सिजनको आईपीएल खेल्न नसक्ने बताएपछि उनको स्थानमा दिल्लीले अष्ट्रेलियन अल राउण्डर ड्यानियल साम्सलाई टिममा भित्राएको छ । २७ वर्षीय ड्यानियल पहिलो पटक आईपीएलसँग जोडिएका हुन् ।

अघिल्लो वर्ष प्ले अफसम्मको यात्रा तय गरेको दिल्ली यसपटक उपाधि उचाल्ने लक्ष्यमा रहेको छ । यस्तोमा दिल्लीले विदेशी खेलाडीको हकमा कुनै कन्जुस्याइँ गरेको छैन्। त्यसको परिमाण स्वरूप विदेशी खेलाडीलाई खेलमा अन्तिम स्थानमा पर्नका लागि ठूलो कसरत गर्नु पर्ने देखिएको छ ।

त्यसमा नेपालका सन्दीप लामिछाने पनि पर्छन् । आईपीएलको प्रावधान अनुरुप एक टोलीले खेलमा ४ जना मात्र विदेशी खेलाडीलाई खेलाउन पाउँछ । अहिले दिल्लीमा ७ विदेशी खेलाडी आवद्व रहेका छन् ।

जो सबैले राम्रो पनि गर्दै आएका छन् । यस्तोमा सन्दीपले पूरै सिजन भरी खेल्न पाउँन निकै मुस्किल पनि छ । तर केहि खेलमा भने सन्दीप खेल्न सक्ने सम्भावना भने उत्तिकै रहेको छ ।

पछिल्लो अवस्थालाई हेर्ने हो भने विदेशी खेलाडीको हकमा वेस्ट इन्डिजका ब्याट्सम्यान शिम्रन हेटमायर पहिलो रोजाईमा पर्ने पक्का पक्की देखिएको छ । भने अष्ट्रेलियन ब्याटिङ अलराउन्डर मार्कस स्टोइनिसको पनि सम्भावना देखिन्छ ।

यसपछि दिल्लीमा यसपटक त्यति स्तरीय भारतीय तीब्र गतिका बलर छैनन् । तसर्थ तीब्र गतिको बलिङको जिम्मा विदेशी खेलाडीकै हातमा आउँने देखिन्छ । जसमा दिल्लीसँग राम्रो विकल्प रहेको छ । तीब्र गतिको बलिङको जिम्बेवारी स्याम्स र कागिसो रबाडाको जोडीले पाउँने देखिन्छ ।

स्याम्सले खराब प्रर्दशन गरेको खण्डमा हालै टिममा अनुबन्धित भएका नोर्टजे विकल्प हुन् सक्छन् ।

अब यस्तोमा आउँछ सन्दीप सँगै बाँकी खेलाडीको के ? तर यो पक्का रहेको छ मौका सबैले पाउँछन अलिकति फरक खेल र प्रतिद्धन्दीका कारण आउँन सक्छ । नत्र खेलाडीको प्रदर्शनले बाँकी सिजन भरीको बाटो देखाउने छ । पहिलो रोजाईमा रहेका खेलाडीले राम्रो नगरेको खण्डमा सम्भावना झन बलियो बनेर आउँने छ ।

सन्दीपसँगै दिल्लीमा स्पिनरको कमी रहेको छैन भारतका अनुभवी लेग स्पिनर अमित मिश्रा र अफ स्पिनर रविचन्द्रन आश्विनसँगै अलराउन्डर अक्षर पटेल पनि उत्तिकै रामो स्पिन बलिङ गर्ने हुँदा सन्दीपको सम्भावना भने कम देखिन्छ।

तर पछिल्लो समय सन्दीपको प्रदर्शनलाई भुल्न सकिदैन । त्यसलाई दिल्लीले पनि राम्रो सँग बुझेको छ । पक्कै पनि दिल्लीले सन्दीपलाई न्यायनै गर्नेछ ।

दिल्ली टोली : शिखर धवन, पृथ्वी शा, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, इशान्त शर्मा, अक्षर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिंक्या रहाणे, रविचन्द्रन आश्विन, शिम्रन हेटमायर, एलेक्स केरी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादव, मार्कस स्टोइनिस, ड्यानियल स्याम्स र एनरिच नोर्टजे ।