पाकिस्तानविरुद्ध इंग्ल्यान्डले सुरुमा ब्याटिङ गर्दै
एजेन्सी । पाकिस्तान र इंग्ल्यान्डबीचको तीन खेलको टी ट्वान्टी सिरिजको पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले सुरुमा ब्याटिङ गर्ने भएको छ ।
म्यानचेस्टरस्थित एमिरेट्स ट्राफर्डमा भर्खरै भएको टसमा टस जितेर पाहुना टोली पाकिस्तानले इंग्ल्यान्डसामू पहिले ब्याटिङको निम्तो दिएको छ ।
तीन खेलको टेस्ट सिरिज १-० ले गुमाएको पाकिस्तान टी- ट्वान्टी सिरिज आफ्नो नाममा लेखाउँदै स्वदेश फर्किन चाहन्छ । त्यसकारण यस खेलमा पाकिस्तान स्पष्ट जितको खोजीमा रहदै सोहि रणनीतिका साथ मैदानमा उत्रिने छ ।
विशेष गरि लिमिटेड ओभरमा पाकिस्तानले पछिल्लो समय राम्रो गर्दै आएको पनि छ । विषेशत आजको खेलमा पाकिस्तानका विश्व वरियताको शीर्ष स्थानमा रहेका कप्तान बाबर आजम र इंग्ल्यान्डका इयोन मोर्गनको प्रदर्शनलाई पनि खास चासोका साथ हेरिएको छ ।
यता इंग्ल्यान्डलाई आफ्नो नियमित ओपनर ब्याट्सम्यान जेसन रोयको अनुपस्थित खड्किने छ । टेस्ट खेलपछि टी- ट्वान्टी सिरिजको तयारीका क्रममा उनि बुधबार चोटिल हुन् पुग्दा उनि अहिले टिम बाहिर रहेका छन् ।
यस्तै चोट रिकभर हुन् समय लाग्ने भएपछि उनि सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल ) पनि गुमाउने भएका छन् । उनि आईपीएलमा दिल्लीसँग आवद्ध रहेका थिए ।
यो खेलपछि सिरिजको दोस्रो खेल आईतबार र अन्तिम खेल मंगलबार हुनेछ ।