onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आईपीएललाई थप चुनौती : चेन्नई टोलीमा कोरोना सक्रमण

एजेन्सी । आईपीएल फेन्चाईज टोली चेन्नई सुपर किंग्सका १० जना जति लाई कोरोना सक्रमण देखिएको छ ।

फाइल फोटो

विश्व क्रिकेटको चर्चित वेबसाईट ईएसपीएन क्रिकइन्फोका अनुसार टोलीमा रहेका केही खेलाडी र अफिसियल कोरोना सक्रमीत हुन् पुगेका छन् ।

आउँदो सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म युएईमा हुन् गईरहेको १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) खेल्नका लागि अहिले चेन्नई टोली युएईमा रहेको छ । चेन्नई अगस्ट २१ मा त्यहाँ पुगेको थियो ।

र टोली केहि दिन क्वारेन्टाइनमा समेत बसेको थियो । क्वारेन्टाइनको समयावधि सकिएपछि मैदानमा फर्किने तयारीमा रहेको चेन्नईले अन्तिम कोरोना प्ररिक्षण गर्दा खेलाडी र अफिसियललाई बिहिबार कोरोना सक्रमण देखिएको हो ।

तर युएई जानुअघि सबै खेलाडी तथा अफिसियलको कोरोना टेस्ट गरेर मात्र टोली युएई प्रस्थान गरेको थियो । स्वदेशमा टेस्ट गर्दा सबैको नतिजा नेगेटिभ आएको थियो ।

यो सँगै आईपीएलको मिति नजिकिदै गर्दा टोलीका १० जना कोरोना सक्रमित देखिएपछि आईपीएलका लागि थप चुनौती पैदा गरेको छ ।