न्युजिल्यान्ड र अष्ट्रेलियाबीच सिरिज हुने : एमिको न्युजिल्यान्ड टोलीमा कमब्याक
एजेन्सी । अष्ट्रेलिया र न्युजिल्यान्डबीच सेप्टेम्बरको २६ तारिखबाट देखि तीन टी- ट्वान्टी र तीन एकदिवसीय महिला सिरिज हुने भएको छ ।
यसका लागि अहिले पाहुना टोली न्युजिल्यान्डले आफ्नो टोलीको घोषणा समेत गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएको १७ सदस्यीय टोलीको नेतृत्व सोफी डिवाइनले गर्नेछन् । यसका साथै टोलीमा सुजी बेट्स, नटाली डड, डियाना डफ्टी, लरेन डाउन, मैडी ग्रीन, होली हडलस्टन पनि रहेका छन् ।
भने हेले जेन्सेन, अमेलिया केर, जेस केर, रोज्मेरी माइर, केटी मार्टिन, केटी पर्किन्स, हन्ना रोवे, एमी सैटरथवेट , लेहु टुहु र जेस वाटलिनले पनि टोली भित्र स्थान पक्का गरेका छन् ।
यता २६ वर्षीय लेग स्पिनर डियाना डफ्टीले पहिलो पटक टिममा स्थान बनाउँदा पूर्व न्युजिल्यान्ड कप्तान समेत रहेकी एमी सैटरथवेटले पनि टिममा कमब्याक गरेकी छिन् । एमी यसबीचमा आमा बनेपछि टिम बाहिर रहेकी थिइन् ।
न्युजिल्यान्ड टोली सेप्टेम्बर ९ तारिखमा अष्ट्रेलिया प्रस्थान गर्ने भनिएको छ । त्यहाँ केही दिन टोली क्वारेन्टाइनमा समेत बस्नेछ । त्यसपछि मात्र टोली मैदानमा फर्किने छ ।