onlinekhelkhabar.com

Complete website for Nepali Sports News

किरोन पोलार्डको कप्तानीमा रहेको नाइट राईडर्स सिपीएलको शीर्ष स्थानमा यथावत

एजेन्सी । किरोन पोलार्डको कप्तानीमा रहेको त्रिनबागो नाइट राईडर्सले वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा पाँचौ जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रतियोगितामा पाँचौ जित निकाल्ने क्रममा शुक्रबार बिहान नाइट राईडर्सले गुयाना अमेजन वारियर्सलाई ७ विकेटले पराजित गरेको छ ।

यो सँगै प्रतियोगितामा लगातार पौच खेलमा जित निकालेको नाइट राईडर्स १० अंकसहित पहिलो स्थानमा रहेको छ । भने नाइट राईडर्ससँग पराजित हुन् पुगेको गुयाना ६ खेलमा २ खेलमा मात्र जित निकाल्दै ४ अंकसहित अंकतालिकाको चौथों स्थानमा रहेको छ ।

यता खेलमा गुयानाले प्रस्तुत गरेको १ सय १३ रनको विजयी चुनौतीलाई नाइट राईडर्सले १८.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमलाई पाँचौ जित दिलाउने क्रममा नाइट राईडर्सका ओपनर ब्याट्सम्यानद्वय लेन्डल सिमन्स र टियान वेब्स्टरले क्रमश: १९ र २७ रनको योगदान गर्दा ड्वेन ब्राभोले २६ रनमा अविजित रहँदा टिम सेफर्ट पनि ३९ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ गुयानाका इमरान ताहिरले २ तथा कप्तान क्रिस ग्रीनले १ विकेट लिएका थिए ।

त्यसअघि क्विन्स पार्क ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुयानाले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय १२ रन मात्र बनाएको थियो ।

गुयानाका लागिलागी बलर कीमो पॉलले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले २६ बलको सामना गर्दै २ छ्क्काको सहयोगमा २८ रन बनाए । भने रोस टेलर र
चन्द्रपौल हेमराजले समान २६/२६ रन बनाउनु बाहेक अन्य खेलाडीबाट निकै निराशाजनक प्रदर्शन हुँदा टिम झिनो योगफलमा रोकिन बाध्य भएको थियो ।

गुयानाको ब्याटिङ ध्वस्त पार्ने क्रममा नाइट राईडर्सका खारी पियरेले सर्वाधिक ३ तथा कप्तान किरोन पोलार्ड , ब्राबो र सिकंदर रजाले समान १/१ विकेट हात पारेका थिए ।