अफगानी  खेलाडी मोहम्मद नबी चम्किँदा सेन्ट लुसियाको चौथों जित

अफगानी खेलाडी मोहम्मद नबी चम्किँदा सेन्ट लुसियाको चौथों जित

एजेन्सी । अफगानिस्तानका अलराउन्डर मोहम्मद नबी चम्किँदा क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा सेन्ट लुसियाले चौथो जित हासिल गरेको छ ।

सेन्ट लुसियाले प्रतियोगितामा चौथों जित हासिल गर्ने क्रममा बिहिबार राति सेन्ट लुसियाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ६ विकेटले पराजित गरेको थियो ।

खेलमा सेन्ट किट्सले प्रस्तुत गरेको १ सय ११ रनको झिनो चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको सेन्ट लुसियाले उक्त चुनौतीलाई १४.४ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।

सेन्ट लुसियालाई प्रतियोगितामा चौथों जित दिलाउने क्रममा उसका लागि नजिबुल्ला जार्दानले ३३ रन तथा रहकिम कोर्नवालले २६ रन र आन्द्रे फ्लेचरले १६ रनको योगदान गरे ।

बलिङतर्फ सेन्ट किट्सका इमरान ताहिरले ३ तथा बेन डन्कले १ विकेट लिएका थिए ।

त्यसअघि क्विन्स पार्क ओवलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किन्ट्सले निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर मात्र १ सय १० रनमा सिमित हुन् पुगेको थियो ।

निकै खराब ब्याटिङ गर्ने क्रममा सेन्ट किट्सका लागि बेन डन्कले सर्वाधिक ३३ तथा अल्जारी जोसेफले २१ र कप्तान रायाद इमृतले १६ रन बनाएका थिए ।

सुरुवात देखीनै निकै खराब ब्याटिङ गरेको सेन्ट किट्सले ८.५ ओभर भित्र मात्र ३८ रन बनाएको अवस्थामा आफ्नो ५ विकेट गुमाईसकेको थियो । त्यस क्रममा कुनै खेलाडीले दोहोरो अंक जोडन समेत सकेनन् ।

सेन्ट किट्सको ब्याटिङ ध्वस्त पार्ने क्रममा सेन्ट लुसियाका अफगानी खेलाडी मोहम्मद नबी एक्लैले ५ विकेट लिएका थिए । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेका उनले उक्त विकेट लिने क्रममा मात्र १५ रन खर्चिएका थिए । यस्तै जहिर खान , रहकिम कोर्नवाल र केस्रिक विलियम्सले पनि १/१ विकेट लिन सफल भएका थिए ।

यो जितसँगै हालसम्म ६ खेल खेलेको सेन्ट् लुसियाले ४ खेलमा जित र २ मा हार ब्यहोर्दै अंकतालिकामा ८ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ । शीर्ष स्थानमा त्रिनबागो नाइट राईडर्स रहेको छ । सेन्ट लुसियासँग पनि समान ८ अंक भएपनि नेट रनरेटमा माथि रहदै त्रिनबागो शीर्ष स्थानमा रहेको छ ।

यता सेन्ट लुसियासँग पराजित हुन् पुगेको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स भने २ अंकका साथ अंकतालिकाको पुछाँरमा रहेको छ ।