onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्रिकेटर पवन दास कोरोना मुक्त

काठमाडौं (अनलाइन खेल खबर )। उमेर समूहमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका सप्तरीका क्रिकेट खेलाडी पवन दास कोरोना भाइरस ( कोभिड-१९ ) बाट मुक्त भएका छन् ।

साउन तेस्रो हप्तामा उनलाई कोरोना सक्रमण पुष्टि भएको थियो । त्यसपछि होम क्वारेन्टाइनमा बसेका दासले बिहिबार कोरोना भाइरसलाई जितेका हुन् । यस्तै उनिसँगै सक्रमित भएका उनको बुबा र छोराछोरी पनि यस भाइरसबाट मुक्त भएका छन् ।

पवनले सन् २००२ मा यु -१५ र सन् २००४ मा यु -१७ राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए।बायाँ हाते ब्याट्सम्यान दासले सन् २००२ मा भएको यु -१५ एसिया कपमा बंगलादेशविरुद्ध ६३ रन तथा भारतसँगको खेलमा २९ रन बनाएका थिए ।

उक्त प्रतियोगितामा नेपालले सेमीफाइनल सम्मको यात्रा तय गरेको थियो । सेमिफाइनलमा भने नेपाल पाकिस्तानसँग २७ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिएको थियो ।

राम्रो प्रदर्शन गरेका कारण दास २००२ मा यु १५ एसिया कपको एसीसीले घोषणा गरेको ड्रिम टिममा समेत परेका थिए ।

प्रतियोगितामा उनले कुल ८ खेल खेल्दै २ सय ९ रन बनाएका थिए। ड्रिम टिममा उनिसँगै नेपालबाट राज श्रेष्ठ, पारस खड्का र शरद भेसावकर समावेश भएका थिए ।