दिल्लीलाई अर्को ठूलो झट्का : जेसन रोय आईपीएल नखेल्ने
एजेन्सी । इंग्ल्यान्डका चर्चित ओपनर ब्याट्सम्यान जेसन रोयले यस संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) गुमाउने भएका छन् ।
नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सका महत्त्वपूर्ण खेलाडी मध्यका एक रोय नखेल्ने भएपछि यसपटक उपाधि दाबेदार टिमको रुपमा हेरिएको दिल्लीलाई ठूलो झटका लागेको छ ।
हालै पाकिस्तानसँगको टेस्ट सिरिज खेलेका उनि अहिले चोटिल हुन पुगेका छन् । त्यसैको कारण उनि शुक्रबार देखि पाकिस्तानसँग हुन् गईरहेको तीन खेलको टी- ट्वान्टी सिरिजका लागि टिम भित्र परेका थिएनन् ।
चोट रिकभर हुन् समय लाग्ने भएपछि उनले आईपीएल गुमाउने भएका हुन् । रोय अनुपस्थित हुने भएपछि उनको स्थानमा दिल्लीले अष्ट्रेलियन अल राउण्डर ड्यानियल साम्सलाई टिममा भित्राएको छ ।
२७ वर्षीय ड्यानियल पहिलो पटक आईपीएलसँग जोडिएका हुन् । यसअघि इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सले पनि आन्तरिक कारण देखाउदै आईपीएल नखेल्ने बताएपछि उनको स्थानमा दिल्लीले दक्षिण अफ्रिकाका दायाँ हाते तीब्र गतिका बलर एनरिच नोर्टजेलाई अनुबन्धित गरेको थियो ।
यता १३ औं संस्करणको आईपीएल आउँदो सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म युएईमा हुन् गईरहेको छ । त्यसका लागि दिल्ली युएई पुगिसकेको छ । अहिले टोली क्वारेन्टाइन मा रहेको छ । अब क्वारेन्टाइनको समय सकिएसँगै टोली तयारीमा जुटने छ ।