onlinekhelkhabar.com

Complete website for Nepali Sports News

इंग्ल्यान्डविरुद्धको सिरिजका लागि वेस्ट इन्डिज महिला टोलीको घोषणा

एजेन्सी । आउँदो सेप्टेम्बरमा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच हुन् गईरहेको पाँच खेलको टी – ट्वान्टी महिला सिरिजका लागि पाहुना टोली वेस्ट इन्डिजले आफ्नो टोलीको घोषणा गरेको छ ।

फाइल फोटो ।

क्रिकेट वेस्ट इन्डिजले बुधबार सार्वजनिक गरेको १८ सदस्यीय टोलीको नेतृत्व नियमित कप्तान स्टाफनी टेलरले गर्नेछिन् ।

भने टोलीमा एफी फ्लेचर,हेले मैथ्यूज,आलियाह अल्लेनी, चेरी-एन फ्रेजर,नताशा मैकलीन,शेमेन कैंपबेल,शबिका गजनबी, चेडियन नेशन, ब्रिटनी कूपर, शेनता ग्रिमंड, करिश्मा रामह्रेक,शमिलिया कोनेल,चिनेल हेनरी,कैसिया शुल्ट्ज़,डिंड्रा डॉटिन,ली एन किर्बी र शकेरा सेलमैन रहेका छन् ।

सिरिज अन्तर्गत पहिलो खेल सेप्टेम्बर २१ तारिखमा हुनेछ । भने दोस्रो खेल २३ तारिखमा , तेस्रो २६ तारिखमा , चौथों २८ तारिखमा र अन्तिम खेल ३० तारिखमा हुनेछ ।
सबै खेल डर्बीस्थित काउंटी मैदानमा हुनेछ ।

जसमा कोरोना भाइरस सबन्धित सबै सुरक्षात्मक उपायहरु अपनाईने छन् । साथै खेल दर्शक विना हुनेछ ।