onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रवीण ताम्बे बने सिपीएल खेल्ने पहिलो भारतीय खेलाडी

एजेन्सी । भारतीय क्रिकेटर प्रवीण ताम्बे वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपीएल ) खेल्ने पहिलो भारतीय खेलाडी बनेका छन् ।

बुधबार राति भएको खेलमा ट्रिनबागो नाइट राईडर्ससँग अनुवन्धित भएका उनले सेन्ट लुसियासँग खेल्दै सिपीएलको यात्रामा सामेल भएका हुन् ।

यसका साथै ४८ वर्षिय ताम्बे सिपीएलको इतिहासमा सिपीएल खेल्ने सर्वाधिक उमेरका खेलाडी समेत बनेका छन् ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बिसीसीआई ) ले आफ्ना खेलाडीहरुलाई विदेशी लिगहरुमा खेल्न अनुमती दिदैन । तर उनले भारतीय क्रिकेटबाट विदाई लिएपछि सिपीएलका लागि बाटो खुलेको हो ।

गत वर्ष विना सन्यास युएईमा भएको टि -१० लिग खेलेपछि उनले आईपीएल समेत गुमाएका छन् । कोलकता नाइट राइडर्समा आवद्ध रहेका उनलाई टि -१० मा सहभागी भएकै कारण आईपीएलमा प्रतिबन्ध लगाईएको छ ।

यता सिपीएलको डेब्यु खेलमा उनले एक ओभर मात्र बलिङ गर्न पाए । जसमा उनले १५ रन खर्चिएर नजिबुल्ला जार्दनको विकेट लिएका थिए । र खेल पनि उनको टिम नाइट राइडर्सलेनै ६ विकेटले जितेको थियो ।