सन्दीपको उच्च प्रदर्शनका बाबजुद जमैका पराजित
एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध जमैका तल्लावाज फेरी पराजित हुन् पुगेको छ ।
प्रतियोगितामा तेस्रो हार ब्यहोर्ने क्रममा जमैका बार्बाडोस ट्राईडेन्ट्ससँग ३६ रनले पराजित हुन् पुगेको छ ।
बिहिबार बिहान बार्बाडोसले प्रस्तुत गरेको १ सय ४९ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ थालेको जमैका निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय १२ रनमा सिमित हुन पुग्दा नतिजा बार्बाडोसले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
जमैकाका लागि एनक्रुमा बोनरले सर्वाधिक ठूलो पारी खेले । २८ बलको सामना गरेका उनले ३ चौका र १ छ्क्काको मद्दतमा ३१ रन बनाए ।
यस्तै जेर्मेन ब्ल्याकवुडले २८ रन तथा मुजिव उर रहमानले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान पुर्याउन नसक्दा टिम निराश हुन् पुग्यो । भने सन्दीप २ रनमा अविजित रहेका थिए ।
त्यसअघि क्विन्स पार्क ओवलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।
टिमले मध्यम योगफल बनाउने क्रममा खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका काइल मेयर्सले सानदार ब्याटिङ गरे । ५९ बलको सामना गरेका उनले ३ चौका र ८ छ्क्कासहित ८५ रनको योगदान गरेका थिए ।
यस्तै अत्यतिर मिशेल सन्तनरले अविजित रहदै २० रन जोड्दा कप्तान शाई होपले १५ रन बनाएका थिए ।
बलिङतर्फ जमैका का मुजिव उर रहमानले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिएका थिए । भने फिदेल एडवर्ड्स र कार्लोस ब्रैथवेटले पनि १/१ विकेट लिएका थिए ।
यता सन्दीपले यो खेलमा पनि उत्कृष्ट बलिङ गरे । लयमा देखिएका सन्दीपले यस खेलमा आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै मात्र १६ रन खर्चिएर २ विकेट हात पारे । उनले राशिद खानलाई शून्य रनमा एश्ले नुर्सेलाई २ रनमा आउट गराएका थिए । योसँगै जारी सिपीएलमा सन्दीपले आफ्नो विकेट सङ्ख्या ७ पुर्याएका छन् ।
जितसँगै बार्बाडोस ५ खेलबाट ४ अंक जोड्दै अंकतालिकामा तेस्रो स्थानमा रहेको छ । भने पराजित हुन् पुगेको जमैका ५ खेलबाट ४ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।