अगस्ट अन्तिमतिर आईपीएलको खेल तालिका सार्वजनिक हुने सम्भावना
एजेन्सी । युएईमा हुन् गईरहेको १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को मिति नजिकिदै गर्दा हालसम्म प्रतियोगिताको खेल तालिका सार्वजनिक नहुँदा आईपीएल समर्थकलाई अहिले खुलदुलि पैदा भएको छ ।
कोरोना भाइरस (कोभिड-१९ ) का कारण बीच मा अन्योलमा रहेको आईपीएल ठूलो प्रयासपछि युएईमा हुन् गएको छ । त्यसका लागि भारतीय नियन्त्रण बोर्ड (बिसीसीआई ) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी ) सामू ठूलो लभिङ गर्नु परेको थियो ।
तर कोरोना भाइरसको प्रभाव भारतमा व्यापक भएपछि यस संस्करणको आईपीएल भारतमा आयोजना गर्न सम्भव देखिएन र उपयुुक्त गन्तव्य युएई बन्यो । भारतमा आईपीएल आयोजना गर्न सम्भावना नदेखेपछि यसबीचमा श्रीलंका र न्युजिल्यान्डले आयोजनाका लागि बाटो खोल्ने बताएका थिए ।
तर विभिन्न कुरालाई ध्यानमा राख्दै बिसीसीआईले युएईमा गर्ने निर्णय गर्यो । युएई आईपीएल भेन्युका लागि नौलो भने होईन । यसअघि सन् २०१४ मा भारतमा आम निर्वाचनका कारण आईपीएलका केही खेलहरु युएईमा हुन् पुगेका थिए ।
तर त्यसबेलाको अहिले कारण र माहोल धेरै फरक छ । तसर्थ बिसीसीआईले अहिले सानो सानो कुरालाई पनि विषेश रुपमा हेरेको छ ।
आईपीएलको मिति नजिकिदै गर्दा अहिले सम्म खेल तालिका सार्वजनिक नहुनुमा बिसीसीआईले अझै पनि युएईको अवस्थामाथि निगरानी गरिरहेको छ । युएईको तीन शहरहरु दुबई , अबुधाबी र शारजाहमा यसपटकको आईपीएल गर्ने सोच बिसीसीआईले बनाईरहेको छ ।
यस्तोमा पछिल्लो समय अबुधाबीमा गर्मीसँगै कोरोना भाइरस पनि देखिन थालेपछि बिसीसीआईलाई सोच्न बाध्य बनाएको छ । त्यसकै कारण पनि खेल तालिका सार्वजनिक गर्न बिसीसीआईले समय लिईरहेको छ । दुबई र शारजाहमा भने त्यस्तो कठिनाई उत्पन्न भएको छैन ।
भारतीय संचारमाध्यमका रिपोर्ट अनुसार यसरी केही दिन देखि युएईको अवस्थामाथि निरन्तर निगरानी गरेपछि यहिँ अगस्ट महिनाको अत्यतिर खेल तालिका सार्वजनिक गर्ने बिसीसीआईले सोच बनाईरहेको भनिएको छ ।
यता सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने आईपीएलका लागि अहिले सबै फेन्चाइज टोलीहरु युएईमा पुगिसकेका छन् । यसबीचमा केही टोली क्वारेन्टाइन सकाएर अभ्यासका लागि मैदान फर्किने क्रममा रहेका छन् ।