बंगलादेशी टोलीले भित्रायो न्युजिल्यान्डका ब्याटिङ सल्लाहकार

बंगलादेशी टोलीले भित्रायो न्युजिल्यान्डका ब्याटिङ सल्लाहकार

एजेन्सी । बंगलादेश क्रिकेट बोर्ड (बिसीसी ) ले आफ्नो आगामी सिरिजका लागि ब्याटिङ सल्लाहकारका रुपमा न्युजिल्यान्डका पूर्व खेलाडी क्रेग मॅकमिलनलाई भित्राएको छ ।

यसअघि बंगलादेशी टोलीलाई हेर्दै आएका दक्षिण अफ्रिकन नील मैकेंजीले केही दिनअघि राजीनामा दिएसँगै उक्त ठाउँमा क्रेगको आगमन भएको हो ।

नील मैकेंजीले पारिवारिक कारण देखाउँदै बंगलादेशी टोलीबाट बाहिरिएका थिए ।

ब्याटिङ सल्लाहकारका रुपमा हाल भित्राएका क्रेग मॅकमिलनले न्युजिल्यान्डबाट ५५ टेस्ट , १ सय ९७ एकदिवसीय र ८ टी- ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

जसमा उनले टेस्टमा ३ हजार १ सय१६ रन र एकदिवसीयतर्फ ४ हजार ७ सय ७ रन र टी- ट्वान्टी अन्तर्राष्ट्रियतर्फ १ सय ८७ रन बनाएका छन् ।

सन् १९९७ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेका उनले सन् २००७ सम्म न्युजिल्यान्ड टोलीमा रहेर खेलेका थिए ।

यसबीच उनि सन् २०१४ देखि २०१९ सम्म ब्याटिङ/ फिल्डिङ प्रशिक्षकको रुपमा न्युजिल्यान्ड क्रिकेट टोलीसँग आवद्ध रहेका थिए । यस्तै उनले इन्डियन प्रिमियर लिगमा पनि अनुभव बटुलिसकेका छन् । उनि आईपीएलमा पन्जावसँग आवद्ध रहेका थिए ।