महिला क्रिकेट पनि फर्किने क्रममा : सेप्टेम्बरमा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच टी- ट्वान्टी सिरिज हुने
एजेन्सी । कोरोना भाइरस (कोभिड -१९ ) का कारण बीचमा लामो समय रोकिएको क्रिकेट खेल अहिले चलायमान हुने क्रममा रहेको छ ।
जसअन्तर्गत पुरुष क्रिकेट पुरानो दिनतर्फ अग्रसर हुने क्रममा रहँदा महिला क्रिकेटमा बल्ल सुरुवात हुन् लागेको छ ।
पुरुष क्रिकेट फर्किदै गर्दा महिला क्रिकेटको हकमा केही दिनअघि एसोसियट युरोपेली मुलुक जर्मन र अष्ट्रियाबीच ५ खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज यसबीचमा भएको थियो ।
कोरोना भाइरसले गर्दा केहि महिना क्रिकेट रोकिएको अवस्थामा भएको यस सिरिजप्रति अन्तर्राष्ट्रिय नजर पनि परेको थियो ।
जसअन्तर्गत सिरिजमा ५ वटै खेल जित्दै पाहुना टोली जर्मनीले सिरिजमाथि क्लिन स्वीप गरेको थियो ।
र यसैबीचमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई टी- ट्वान्टी सिरिजका लागि आमन्त्रण गरेको छ । यी दुईबीच ५ खेलको टी- ट्वान्टी सिरिज हुनेछ ।
जसअन्तर्गत पहिलो खेल सेप्टेम्बर २१ तारिखमा हुनेछ । भने दोस्रो खेल २३ तारिखमा , तेस्रो २६ तारिखमा , चौथों २८ तारिखमा र अन्तिम खेल ३० तारिखमा हुनेछ ।
सबै खेल डर्बीस्थित काउंटी मैदानमा हुनेछ । जसमा कोरोना भाइरस सबन्धित सबै सुरक्षात्मक उपायहरु अपनाईने छन् । साथै खेल दर्शक विना हुनेछ ।
यसअघि इंग्ल्यान्डले भारत र दक्षिण अफ्रिकासँग सिरिज खेल्ने तयारी गरिरहेको थियो । तर कोभिडका कारण यात्राको समस्या उत्पन्न भएको भन्दै दुबै टोलीले नखेल्ने बताएका थिए ।