onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाली क्रीकेट टोली ईङ्ल्यान्ड प्रस्थान

साउन ३ , अनलाईन खेलखबर || आगामी जुलाई २९ तारीख मा ईङ्ल्यान्ड स्थित लर्डस मा हुन गईरहेको नेपाल नेदरल्याण्ड्स र मेरिलबोन क्रिकेट क्लब (एमसिसि ) बिच हुने त्रिकोणात्मक टी-२० सीरिज तथा लगत्तै अगस्ट १ र ३ मा नेदरल्यान्ड सगँ ऐतिहासिक एकदिवसीय सिरिज खेल्न का लागि नेपाली र्राष्ट्रिय क्रीकेट टोलि आज बिहान १० बजे जेट एयर मार्फत लण्डनका लागि उडेको हो ।

युरोप भ्रमण मा जानू अघि बुधबार काठमाडौ मा एक कार्यक्रम गरि नेपाली क्रीकेट टोलि लाई विदाई गरिएको थियो । नेपाली टोलि लाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले बिदाई गरेका थिए ।

केहि दिन अघि मात्रै १५ सदस्यीय नेपाली र्राष्ट्रिय क्रीकेट टोलि को घोषणा गरिएको थियो । जस मा झन्डै ३ बर्ष पछि सुबाश खकुरेल ले टिम मा कमब्याक गरेका छ्न । यता लामो समय पछि टिम को बन्दसत्र मा समाबेश भएका विनोद भण्डारी, प्रदीप ऐरी लाई भने बैकल्पिक खेलाडी का रुपमा टिम मा समाबेश गरिएको छ साथ मा सुनील धमला र सुसन भारी पनि वैकल्पिक खेलाडीका रुपमा टिम मा अटाएका छ्न ।

करिव २ साता को बन्द प्रशिक्षण गरेको नेपाली टोलि लाई आइसिसी प्रतिनिधि अनिमुल इस्लाम, क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टिम छनोट समिति ले र्राष्ट्रिय क्रीकेट टोलि को छनोट गरेको थियो ।

अब नेपाली क्रीकेट टोलि ले बाकी अभ्यास ईङ्ल्यान्ड मै गर्ने कार्यक्रम रहेको छ । लर्ड्स मा सिरिज खेल्नु अघि नेपाल ले स्थानिय क्लब सगँ केही अभ्यास खेल खेल्नेछ । लर्डस मा त्रिकोणात्मक टि – ट्वान्टी सिरिज खेलेपछि नेपाल नेदरल्यान्ड तर्फ प्रस्थान गर्नेछ जहाँ नेपाल ले एकदिवसीय मान्यता पाए सगैँ पहिलो पट्क एकदिवसीय खेल खेल्नेछ ।

नेपालको युरोप भ्रमण

जुलाई २१ नेपाल बिरुद्ध हग, ५० ओभर

जुलाई २३ नेपाल बिरुद्ध सेन्ट क्रस, ट्वान्टि ट्वान्टि

जुलाई २५ नेपाल बिरुद्धद्ध ईष्ट लण्डन एघार, ५० ओभर

जुलाई २६ नेपाल बिरुद्ध ईष्ट लण्डन शार्कस, ट्वान्टि ट्वान्टि

• जुलाई २९ नेपाल, एमसिसी र नेदरल्यान्ड्स, ट्वान्टि ट्वान्टि त्रिकोणिय श्रृङखला

• अगष्ट १ नेपाल बिरुद्ध नेदरल्यान्ड्स पहिलो एकदिवशिय

• अगष्ट ३ नेपाल बिरुद्ध नेदरल्यान्ड्स दोश्रो एकदिवशिय

नेपाली क्रीकेट टोलि

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल ( उप-कप्तान ) , सुवाश खकुरेल , अनिलकुमार साह, बसन्त रेग्मी, करन केसि , सोमपाल कामि, दीपेन्द्रसिंह ऐरी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर  

वैकल्पिक खेलाडी – प्रदिप एरि , विनोद भण्डारी, पसुनील धमला र सुसन भारी

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *