निर्णायक टेस्ट जोगाउन पाहुना टोली पाकिस्तान संघर्षरत

निर्णायक टेस्ट जोगाउन पाहुना टोली पाकिस्तान संघर्षरत

एजेन्सी । पाकिस्तान र इंग्ल्यान्डबीचको तीन खेलको टेस्ट सिरिज अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा पाहुना टोली पाकिस्तान खेल जोगाउन संघर्षरत रहेको छ ।

खेलमा पहिलो इनिङ पछि फलो अन पाएको पाकिस्तानले चौथो दिनसम्म ५६ ओभर ब्याटिङ गर्दै २ विकेट गुमाएर १ सय रन बनाएको छ ।

उसका लागि ओपनदर ब्याट्सम्यानद्वय अबिद अलिले ४२ तथा शान मक्सुदले १८ रन बनाउँदा अहिले कप्तान अजहर अलि २९ रनमा अविजित छन् । भने उनलाई साथ दिईरहेका बाबर आजमले ४ रन बनाएका छन् ।

बलिङमा जेम्स एन्डरसन र स्टुअर्ट ब्रडले समान १/१ विकेट हात पारेका छन् ।

त्यसअघि साउथह्याम्प्टनस्थित रोज बाउलमा टस जितेर पहिले ब्याटिङ गतेको घरेलु टोली इंग्ल्यान्डले पहिलो पारीमा १५४.४ ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ५ सय ८३ रन बनाएको थियो ।

पहिलो पारीमा नै विशाल रन बनाउने क्रममा इंग्ल्यान्डका जक क्रॉलीले सर्वाधिक धेरै रन बनाएका थिए । ३९३ बलको सामना गरेका उनले ३४ चौका र १ छ्क्कासहित २ सय ६७ रनको योगदान गरेका थिए ।

यस्तै विकेट किपर ब्याट्सम्यान जस बटलरले पनि १ सय ५२ रनको योगदान गरेपछि इंग्ल्यान्ड पहिलो पारीमानै विशाल रन तर्फ अग्रसर भएको थियो ।

यी दुई बाहेक क्रिस वोक्सले ४० तथा डोमिनिक बेसले अविजित रहदै २७ रन बनाएका थिए ।

बलिङतर्फ पाकिस्तानका शाहीन अफ्रिदी, यासिर शाह र शान मक्सुदले समान २/२ विकेट हात पारेका थिए । भने नशिम शाह र असाद शाफिकले पनि १/१ विकेट लिएका थिए ।

त्यसपछि पाकिस्तानले आफ्नो पहिलो पारीलाई सुरुवात गर्दै ९३ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै २ सय ७३ रनमा सिमित हुन् पुग्यो ।

ब्याटिङतर्फ पाकिस्तानका कप्तान अजहर अलिले सर्वाधिक धेरै रन बनाए । अविजित रहेक उनले २७२ बलको सामना गर्दै २१ चौकाको मद्दतमा १ सय ४१ रन बनाए । यस्तै विकेट किपर ब्याट्सम्यान मोहम्मद रिजवानले पनि अर्धशतकीय पारी खेल्ने क्रममा ५३ रन बनाएका थिए । यी बाहेक फवाद आलमले २१ र यासिर शाहले २० रन जोडे ।

फाइल फोटो

बलिङतर्फ इंग्ल्यान्डका जेम्स एन्डरसन एक्लैले ५ विकेट हात पार्दा स्टुअर्ट ब्रडले २ तथा क्रिस वोक्स र डोमिनिक बेसले पनि १/१ विकेट लिन सफल भए ।

यसरी पहिलो पारीमा पाकिस्तानलाई सस्तैमा समेटेपछि इंग्ल्यान्डले पहिलो पारी भित्र ३ सय १० रनको अग्रता बनाएको थियो । त्यसपछि इंग्ल्यान्डले पाकिस्तानलाई फलो फन दिएको थियो ।

तीन खेलको टेस्ट सिरिज अन्तर्गत पहिलो खेल इंग्ल्यान्डले ३ विकेटले जितेको थियो । भने वर्षाले प्रभावित गरेको दोस्रो खेल बराबरीमा सकिएको थियो ।