दिल्ली पुग्यो युएई
एजेन्सी । सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म युएईमा हुन् गईरहेको इन्डियन प्रिमियर लिग ( आईपीएल ) का लागि अहिले सहभागी फेन्चाईज टिमहरु त्यसतर्फ प्रस्थान गर्ने क्रम सुरु भईसकेको छ ।
यसबीचमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध दिल्ली क्यापिटल्स पनि आईतबार युएई पुगेको छ ।
कोरोना भाइरस( कोभिड -१९ ) का कारण आईपीएलमा सहभागी जनाउने खेलाडीहरु प्रतियोगिता सुरु हुनु भन्दा केही हप्ता अघिनै त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अब युएईमा रहेर भारतीय क्रिकेट नियन्त्रण बोर्ड ( बिसीसीआई ) ले तयार पारेको स्वास्थ्य मापदण्ड अनुरुप खेलाडीहरु सुरुमा क्वारेन्टाइनमा बस्ने छन् । त्यसपछि त्यहाँ भाइरसको जाँच भएपछि मात्र टिम प्रशिक्षणमा फर्किने छ ।
यता हाल वेस्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) खेलिरहेका सन्दीप त्यो लिग सकिएपछि युएई प्रस्थान गर्नेछन् । सिपीएल सेप्टेम्बर १० सम्म जारी रहने छ ।
श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्लीलाई यसपटक पनि उपाधिको प्रबल दाबेदारको टोलीको रुपमा लिईएको छ । अघिल्लो संस्करणमा दिल्ली फाइनल नजिक पुगेर बाहिरिएको थियो ।
त्यसभन्दा अघिका संस्करणमा कमजोर मानिने दिल्लीले गत संस्करणमा भने निकै राम्रो प्रदर्शन गर्दै दोस्रो क्वालिफायर सम्मको यात्रा तय गरेको थियो ।
दोस्रो क्वालिफायर खेलमा चेन्नईसँग ६ विकेटले पराजित भएपछि दिल्लीको पहिलो पटक फाइनल खेल्ने सपना अधुरो हुन् पुगेको थियो । र सोही अधुरो सपनालाई यथार्थमा परिणत गर्न दिल्ली युएई पुगिसकेको छ ।
टिमलाई हेर्दा पनि च्याम्पियन बन्ने क्षमता राख्छ । युवा र अनुभवी खेलाडीको मिश्रित टोलीमा विदेशी खेलाडीको पनि उत्तिकै राम्रो उपस्थिति रहेको छ ।