टी- ट्वान्टीमा राशिदको अर्को कीर्तिमान

टी- ट्वान्टीमा राशिदको अर्को कीर्तिमान

एजेन्सी । अफगानिस्तानका चर्चित स्पिनर राशिद खानले टी-ट्वान्टी क्रिकेटमा ३ सय विकेट पूरा गरेका छन् ।

अहिले वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग(सिपीएल )मा बार्बाडोस ट्राईडेन्ट्समा आवद्ध रहेका उनले सेन्ट लुसियाविरुद्धको खेलमा २ विकेट लिएपछि उनको ३ सय विकेट पूरा भएको थियो ।

२१ वर्षीय राशिदले योसँगै सबैभन्दा चाडै र कम उमेरमा ३ सय विकेट लिने कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन् ।

यता टी- ट्वान्टीतर्फ सर्वाधिक धेरै विकेट लिने खेलाडीको सूचीमा अहिले पनि राशिद आठौं स्थानमा रहेका छन् ।

पहिलो स्थानमा भने वेस्ट इन्डिजका डिजे ब्राबो र दोस्रो स्थानमा श्रीलंकाका लसिथ मलिंगा रहेका छन् । उनिहरुले हालसम्म क्रमशः ४९९ र ३९० विकेट लिएका छन् ।

विभिन्न देशका फेन्चाइज लिगहरु सँगै आईसीसी विश्व -११ लगायतका खेलहरु गरी राशिदले अहिलेसम्म २ सय १३ टी – ट्वान्टी खेल खेलेका छन् ।