आईसीसीले नेपाली खेलाडीलाई थपेर तलब पठाउने !

आईसीसीले नेपाली खेलाडीलाई थपेर तलब पठाउने !

काठमाडौं (अनलाइन खेल खबर ) । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले नेपाली क्रिकेट खेलाडीलाई पूर्व निर्धारित तलब भन्दा थप १० हजार थपेर बाँकी तलब निकासा गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान ) का अनुसार यसअघि आईसीसीबाट वर्गीकरण भएका खेलाडीहरुले पहिले पाउँदै आएको रकममा थप १० हजार जोडिएर खेलाडीले तलब आउने भएका छन् ।

केही दिनअघि क्यानले आईसीसीलाई तलब निकासाका लागि नेपाली खेलाडीको हस्ताक्षरसहितको डकुमेन्ट पठाएको थियो ।जसमा क्यानले खेलाडीको तलबमा केही थपेर पठाउन समेत आग्रह गरेको थियो ।

त्यसैको फलस्वरुप आईसीसीले क्यानको आग्रहलाई स्वकार्दै खेलाडीलाई थपेर तलब निकासा गर्न लागेको हो ।

सन् २०१८ मा अन्तिमपटक नेपाली खेलाडीले तलब पाएका थिए । तत्कालीन समयमा नेपाल क्रिकेट संघ ( क्यान )निलम्बन रहेको हुँदा खेलाडीको तलब देखि सबै आईसीसीले नै हेर्दै आएको थियो ।

तलबका सम्बन्धमा त्यसबेला आईसीसीले नेपाली खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेको थियो । सोही आधारमा अब खेलाडीले एक वर्षको बाँकी रहेको तलब पाउँने छन् ।

यो तलबपछि अब आईसीसीको निलम्बनबाट सर्तसहित फुकुवा भएको क्यानले नयाँ वर्गीकरण गर्दै खेलाडीलाई तलब आफैले प्रदान गर्नेछ । त्यसको तयारी पनि लगभग सकिएको छ ।

क्यानले यसपटकबाट पुरुषसँगै महिला खेलाडीलाई पनि वर्गीकरण गर्दै तलब दिने घोषणा गरिसकेको छ ।

आईसीसीले तयार पारेको श्रेणीगत २१ खेलाडीहरु –
ए श्रेणी : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी । ( पाउँने रकम : ३५ हजार+१० हजार प्रती महिना )

बी श्रेणी: शक्ति गौचन, मोहम्मद आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिल कुमार साह, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी । (पाउँने रकम : २५ हजार+ १० हजार प्रती महिना )
सी श्रेणी: सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी । ( पाउँने रकम : १५+ १० हजार प्रती महिना )

आईसीसीबाट तलब पाउँने थप दुई जना
खेलाडी -राजु रिजाल
भिडियो एनालिस्ट- रमन शिवाकोटी