खेल रत्न अवार्ड पाउँदा म धेरै खुशी छु – रोहित शर्मा
एजेन्सी । भारतको सबैभन्दा ठूलो खेल पुरस्कार राजीव गान्धी खेल रत्न अवार्ड पाउँने भएपछि भारतीय क्रिकेट टोलीका उप- कप्तान समेत रहेका रोहित शर्माले आफू धेरैनै खुशी भएको बताएका छन् ।
शुक्रबार भारतीय खेलकुद मन्त्रालयले क्रिकेटर रोहित शर्मासहित अन्य चार खेलाडीलाई यस अवार्ड प्रदान गर्ने निर्णय गरेपछि रोहितले शनिबार आफ्नो सामाजिक संजाल ट्विटरमार्फत खुशी साटेका छन् ।
उनले ट्विटरमा सानो भिडियो ट्विट गर्दै यो स्तरको पुरस्कार पाउँनु आफैमा ठूलो सम्मान रहेको बताएका छन् । जसअन्तर्गत अवार्ड पाउँनमा सबै श्रेय उनले समर्थकहरुलाई दिएका छन् ।
रोहितसँगै यसपटक यस अवार्ड टेबल टेनिसकी मनिका बत्रा, कुस्तीकी विनेस फोगाट हक्कीकी रानी रामपाल र पारा एथ्लेटिक्सकी मारियापान थंगाभेलुलाई पनि दिईदै छ ।
यता रोहित यस अवार्ड प्राप्त गरे चौथों क्रिकेटर बनेका छन् । यसअघि यो अवार्ड सचिन तेन्दुलकर,महेन्द्र सिंह धोनी र विराट कोहलीले पनि प्राप्त गरेका थिए ।
राजीव गान्धी खेल रत्न भारतमा दिइने सबैभन्दा ठूलो खेल पुरस्कार हो । यो पुरस्कार भारतको भूतपूर्व स्व.प्रधानमन्त्री राजीव गान्धीको नाममा समर्पित छ ।
सन् १९९२ बाट प्रदान गर्न लागिएको यस अवार्ड अहिलेसम्म ३९ जना खेलाडीहरुले प्राप्त गरिसकेका छन् ।
यता कोरोना भाइरस (कोभिड-१९ ) का कारण यस राष्ट्रिय खेल पुरस्कार भर्चुअलमाध्यमबाट अगस्ट २९ तारिख अर्थात राष्ट्रिय खेल दिवसका दिन प्रदान गरिने भएको छ । जसमा अन्य विधामा पनि खेलाडीहरु पुरस्कृत हुँदैछन् ।