onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अष्ट्रेलियन टोली इंग्ल्यान्डतर्फ प्रस्थान

एजेन्सी । आउँदो सेप्टेम्बर ४ देखि १६ तारिखसम्म इंग्ल्यान्डमा हुन् गईरहेको तीन खेलको एकदिवसीय र तीन खेलकै टी- ट्वान्टी सिरिजका लागि अष्ट्रेलियन क्रिकेट टोली आईतबार इंग्ल्यान्डतर्फ प्रस्थान गरेको छ ।

कोरोना भाइरस ( कोभिड -१९ ) लाई मध्यनजर राख्दै अष्ट्रेलियन टोली आईतबार त्यसतर्फ प्रस्थान गरेको हो । अब अष्ट्रेलियन टोली इंग्ल्यान्डमा केही दिन क्वारेन्टाइनमा समेत बस्नेछ ।

भाइरसकै कारण केहि महिना क्रिकेटबाट टाढा रहेको अष्ट्रेलियाले यस सिरिजबाट क्रिकेटमा फर्किदै छ । भने इंग्ल्यान्डले अहिले आफ्नो खेलहरु सुरु गरिसकेको छ। जसमा वेस्ट इन्डिजसँग तीन खेलको टेष्ट सिरिज र आयरल्यान्डसँग तीन खेलको एकदिवसीय र अहिले पाकिस्तानसँग टेष्ट सिरिज खेल्दैछ ।

यो तीन खेलको टेष्ट सिरिजपछि थप तीन खेलको टी-ट्वान्टी सिरिज खेल्ने खेल तालिका रहेको छ ।

यता लामो अन्तरालपछि क्रिकेटमा फर्किन लागेको अष्ट्रेलियाले इंग्ल्यान्ड भ्रमणका जानुअघी केही दिनअघि २१ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

यस पटकको टोलीमा तीन नयाँ खेलाडीहरुले पनि स्थान बनाएका छन् । जसमा विकेटकिपर ब्याट्सम्यान जोश फिलिप, तीव्र गतिका बलर राइली मेरीडिथ र बायाँ हाते मध्यगतिका बलिङ अलराउन्डर डानियल साम्स रहेका छन । यी तीनले अघिल्लो संस्करणको विग ब्यासमा राम्रो प्रदर्शन गरेका थिए ।

यस्तै टोलीमा अनुभवी आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्स्वेल, स्पिनर नाथन लायन र अलराउन्डर मार्कस स्टोइनिसले पनि पुनरागमन गरेका छन् ।

आरोन फिन्चको कप्तानीमा रहेको अष्ट्रेलिया टोलीलाई अहिले हेर्दा निकै सन्तुलित देखिएको छ । युवालाई प्राथमिकता दिदै अनुभवी खेलाडीलाई थप विश्वास गरेको देखिन्छ ।

सिरिज अन्तर्गत सुरुमा टी-ट्वान्टी खेल हुनेछ । जसमा पहिलो खेल सेप्टेम्बर ४ तारिखमा , दोस्रो खेल ६ तारिखमा र तेस्रो तथा अन्तिम खेल ८ तारिखमा हुनेछ ।

भने आगामी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको सुपर लिग अन्तर्गतको यस एकदिवसीय सिरिजको पहिलो खेल ११ तारिखमा , दोस्रो खेल १३ तारिखमा र १६ तारिखमा अन्तिम खेल हुनेछ ।

यस सिरिजपछि दुवै टिमका खेलाडीहरु युएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा सहभागी जनाउने छन् । आईपीएलको यस संस्करणमा पनि अष्ट्रेलिया र इंग्ल्यान्डका खेलाडीहरुको बाक्लो उपस्थिति रहेको छ ।

अष्ट्रेलियन टोली
आरोन फिन्च (कप्तान) , सन एबट, एस्टन अगर, एलेक्स केरि, प्याट कमिन्स, जोश हेजलवुड, मार्नस लाबुसेन, नाथन लायन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, राइली मेरीडिथ, जोश फिलिप, डानियल साम्स, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एन्ड्रु टाई, म्याथ्यु वेड, डेविड वार्नर र एडम जम्पा ।