सन्दीपको सानदार बलिङमा जमैकाले पायो सामान्य विजयी लक्ष्य
एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपीएल ) अन्तर्गत अहिले नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको टिम जमैकाले गुयाना वारियर्सको सामना गरिरहेको छ ।
जसअन्तर्गत ब्रायन लारा क्रिकेट रंगशालामा अहिले जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुयाना १९.१ ओभरमा अलआउट हुँदै १ सय १८ रन बनाएको छ ।
झिनो स्कोर बनाउने क्रममा गुयानाले सुरुवात भने राम्रो गरेको थियो । ओपनर ब्याट्सम्यान ब्रान्डन किगं र चन्द्रपौल हेमराजले टिमलाई राम्रो सुरुवात दिलाउने क्रममा ५६ रनको ओपनिङ साझेदारी गरेका थिए ।
तर ५.४ ओभरमा ब्रान्डन मुजीब उर रहमानको बलमा २९ रनमा आउट हुन पुग्दा अर्का महत्वपूर्ण ब्याट्सम्यान शिमरोन हेटमायर सोही ओभरको पाँचौ बलमा शून्य रनमा पभेलियन फर्किएपछि टिम दबाबमा देखिएको थियो ।
त्यसपछि ६.१ ओभरमा टिमको स्कोर ५७ रन हुँदा टिमले अर्का ओपनर चन्द्रपौल हेमराजलाई ब्यक्तिगत २१ रनमा गुमायो । एन्द्रे रसेलको बलमा आउट हुनुअघि उनले १७ बलको सामना गर्दै ३ चौकाको मद्दतमा उक्त रन बनाएका थिए ।
चन्द्रपौल आउट भएपछि गुयानाले विकेट क्रमशः गुमाउँदै गयो । जसमा निकोलस पूरानले ४ रन बनाएर आउट हुन पुग्दा सन्दीप लामिछानेको बलमा शेर्फेन रदरफोर्ड ६ रन बनाएको अवस्थामा आउट हुन पुगे । त्यसपछि कीमो पॉलले ३ रन थप्दा कप्तान क्रिस ग्रीनले मात्र २ रन बनाए । उनलाई पभेलियनको बाटो सन्दीपले देखाई दिएका थिए ।
बीचमा फटाफट विकेट पतन भईरहेको अवस्थामा रस टेलरले इनिङलाई अगाडि बढाउन प्रयास गरे । तर उनि पनि सफल भने हुन् सकेनन् । आठौं विकेटका रुपमा आउट भएका उनले २१ रन बनाए ।
यस्तै अन्त्यतिर नवीन उल हकले १४ रन थपेपछि गुयाना यो योगफलतर्फ पुग्न सफल भयो ।
गुयानाको ब्याटिङ ध्वस्त पार्ने क्रममा बलिङतर्फ जमैकाका मुजीब उर रहमान र कार्लोस ब्रेथवेटले समान ३/३ विकेट हात पारे । भने सन्दीप लामिछानेले २ विकेट चटकाए भने एन्द्रे रसेलले पनि १ विकेट लिएका थिए ।
आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेका सन्दीपले निकै किफायती बलिङ गर्दै मात्र ८ रन खर्चिएर उक्त दुई विकेट लिएका थिए ।योसँगै जारी प्रतियोगितामा सन्दीपले विकेट सङ्ख्या ४ पुर्याएका छन् ।
अब गुयानाले प्रस्तुत गरेको १ सय १९ रनको विजयी चुनौतीलाई पछ्याउँदै जमैकाले अबको केही बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।