जमैकाले सुरुमा बलिङ गर्ने : सन्दीप अन्तिम ११ मा पर्न सफल

जमैकाले सुरुमा बलिङ गर्ने : सन्दीप अन्तिम ११ मा पर्न सफल

एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) को चौथों खेलमा पनि अन्तिम ११ मा पर्न सफल भएका छन् ।

ब्रायन लारा क्रिकेट रंगशालामा भर्खरै भएको टसमा जमैका तल्लावाजले टस जितेर गुयाना अमेजन वारियर्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

यता पहिलो खेलमा सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेको जमैका दोस्रो खेलमा भने ट्रिनबागो नाइट राइडर्सलेसँग ७ विकेटले पराजित हुन् पुगेको थियो ।

तसर्थ दुई खेलमा एक खेल गुमाईसकेको जमैकालाई यो खेल उत्तिकै महत्त्वपूर्ण रहेको छ । यता २ खेलनै खेलिसकेको गुयाना पनि एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको हुँदा उ पनि दोस्रो जितको खोजिमा रहदै मैदानमा उत्रिने छ ।

गुयाना पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ४ विकेटले पराजित भएको थियो । भने दोस्रो खेलमा जित हासिल गर्ने क्रममा गुयानाले सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सलाई ३ विकेटले पराजित गरेको थियो ।